घरैमा धुन सकिन्छ बाइक : तर यी ४ कुरामा विशेष ध्यान दिनुस्
सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा...
काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि स्थापना भए पनि हाल काम गर्न नसक्ने अवस्थामा अलपत्र छ । कार्यविधि र प्राविधिक टोलीकै अभावमा हाल सेन्टरले लक्ष्य अनुसार काम गर्न सकेको छैन ।
यसका लागि चेक जाँच गर्ने मेसिन समेत बाहिर बाट आयात गरिएको थियो। तर उक्त मेसिन संचालन गर्ने दक्ष प्राविधिकको अभाव भइरहेको भेइकल फिटनेस टेष्ट सेन्टर टेकुका प्रमुख मनिराम भुसालले बताए।
विभागले हालसम्म पनि सार्वजनिक सवारी चेक जाँचको लागि आवश्यक मापदण्ड तथा कार्यविधि समेत तयार नपारेको भुसालले बताए । जसोतसो आन्तरिक रुपमा चेक जाँच गरे पनि त्यो कार्यविधि अनुसार नभएको र यसका लागि विभागलाई बारम्बार ताकेता गरेको उनी बताउछन् ।
पटक पटक कार्यालयले सरकारसँग दक्ष प्राविधिक र कार्यविधि निर्माणको लागि ताकेता गरे पनि हालसम्म आवश्यक सुनुवाई नभएको भुसालको भनाइ छ। ’हामीले पछिल्लो पटक यस बारेमा सरकारलाई ताकेता गर्दा अबको २÷३ महिनासम्ममा बन्ने आश्वसन पाएका छौं,’ उनले भने, ‘यसका लागि कार्यविधि निर्माण भएपछि प्राविधिक व्यवस्था गर्न त्यति गर्हो छैन।’
नयाँ तथा पुराना सवारीसाधनको प्राविधिक चेकजाँच गरी त्यसको प्रमाणिकरण गर्ने काम त्यस कार्यालयले गर्ने गर्दछ। पुराना सार्वजनिक सवारीसाधनको लागि अनिवार्य गरिएको त्यस्ता चेकजाँचहरुमा सवारीसाधनको प्रदूषण चेक, पांग्राको अलाइनमेन्ट चेक, लाइटहरुको चेक, ब्रेकको चेक लगायतका चेकजाँचहरु गरिने भुसालको भनाइ छ।
यसरी मापदण्ड तथा कार्यविधि बिना निर्देशिकाको भरमा पुराना सार्वजनिक सवारीसाधानको अवस्था चेक चाँज गर्दा प्रदूषण तथा दुर्घटना हुने जोखिम बढ्ने भुसाल बताउँछन्। ‘प्राविधिक रुपमा सवारीसाधनको अवस्था ठीक नभएमा दुर्घटना हुने सम्भावना अत्याधिक हुन्छ,’ उनले भने, ‘यो समस्यामा कमी ल्याउनका लागि सवारीसाधनको प्राविधिक अवस्था ठिक हुनु जरुरी छ।’
भुसालका अनुसार नयाँ सवारीसाधनहरु आयात गर्ने आयातकर्ताहरुले पनि हरेक सवारीसाधनहरुको प्राविधिक चेकजाँच गरेर मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था छ। जसका लागि त्यसको सबै चेकजाँच पनि त्यसै कार्यालयले गर्नुपर्नेमा प्राविधिक कर्मचारी तथा कार्यविधिको अभावले राम्रोसँग मापदण्ड अनुसार काम हुन नसकेको भुसाल स्वीकार गर्छन्।
दुइपांग्रे र चारपांग्रे सवारीसाधनको पावर, पिकअप, स्पिड लगायतको चेकजाँच गर्ने दुइवटा छुट्टाछुट्टै मेसिन राखिएको छ।
९ वर्ष अघि यो सेन्टर निर्माण गर्दा ४ करोड लगानीमा मेसिनहरु सबै तयार पारिएको थियो। तर ४ महिना अघि तयार पारिएको नयाँ मेसिन भेइकल टेष्ट लेन्थ तथा अन्य कामहरु भने ४० लाख रुपैयाँ लगानीमा तयार पारिएको प्रमुख भुसाल बताउँछन्। ‘यसलाई संचालन गर्न सरकारीमा यत्तिकै मिल्दैन त्यसका लागि छुट्टै कार्यविधि आवश्यक पर्छ। त्यो कार्यविधि छैन,’ उनले भने।
यो कार्यविधि विभाग, मन्त्रालयलगायतले निर्माण गरेर कार्यालयलाई पठाएपछि मात्र लागु गर्न सकिने भुसाालले बताए। यसका लागि पनि सबै सम्बन्धित निकायहरुसँग छलफल गर्नुपर्ने हुन्छ।
भुसालका अनुसार प्राविधिक दक्षताको लागि विभागले हेभी गाडीको लाइसेन्स भएको व्यक्तिलाई ट्रेनिङ प्रदान गराएर सेन्टरमा उपलब्ध गराउनु पर्नेछ। ‘उक्त प्राविधिक टोली तयार पार्न यसको ट्रेनिङका लागि भने ३–५ महिनाको समयावधि आवश्यक पर्दछ। यो त्यति असज पनि छैन,’ उनले भने।
कार्यविधिमा नयाँ पुराना सवारीसाधन कसरी चेक गर्ने, कुन सेगमेन्टको लागि कसरी चेक गर्ने, चेक गर्दा कति अंक मापन गर्ने लगायतका कुराहरु महत्वपूर्ण हुन्छ। साथै कति अंक ल्याए पास गर्ने, कति अंक ल्याएमा फेल गर्ने जस्ता कुराहरुको एउटा कार्यविधि हुनु पर्दछ।
यस्तै १८ वर्षभन्दा पुराना वा २५ वर्षभन्दा पुरानालाई मान्यता दिने भन्ने कुराको समेत सरकारले कार्यविधि बनाउनु पर्ने उनी बताउँछन्। उनका अनुसार सवारीसाधान चेकजाँच गर्न यस सम्बन्धमा हालसम्म सरकारले कुनै कार्यविधि तयार पारेको छैन।
यस्ता कार्यविधिहरु सार्वजनिक सवारी साधनको लागि छुट्टै हुन्छ भने निजी सवारीको लागि छुट्टै हुने भुसाल बताउँछन्। ‘हाल नेपालमा सार्वजनिक सवारीको ६÷६ महिनामा वर्षको दुई पटक सवारी चेक जाँच गर्ने भनिएको छ। यस्तै निजीको हालसम्म पनि त्यस्तो केही तोकिएको छैन,’ उनले भने, ‘बाहिर तिर भने निजी सवारी साधानको पनि ६ महिनामा चेक जाँच गर्ने कार्यविधिहरु निर्माण भएका छन्।’
भुसालका अनुसार केही आन्तरिक रुपमा आएको रिपोर्टका आधारमा चेक जाँच गरिएको छ। तर व्यावसायिक रुपमा भने संचालन गर्न सकिएको छैन।
सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा...
बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना र ललितपुर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...