हेरेकै आधारमा भइरहेको छ सवारी साधनको परीक्षण

काठमाडौंको टेकुस्थित भेइकल फिटनेस टेष्ट सेन्टरको काम सवारी साधनको परीक्षण गर्नु हो । यद्यपि आवश्यक उपकरणको अभावमा प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन । कार्यालयले हेरेकै भरमा अहिले सम्म परीक्षण गरिरहेको छ ।

कार्यविधि नबन्दा कुनै पनि सवारीलाई अनिवार्य भनेर तोकिएको छैन। त्यसैले ट्राफिक चेकिङमा परेका केही थान सवारी मात्र चेक जाँच गरिएको भेइकल फिटनेस टेष्ट सेन्टर टेकुका प्रमुख मनिराम भुसाल बताउछन् ।

मेसिनले गर्ने टेष्ट समेत भइरहेको छैन। मौखिक रुपमा यसो हेरेको भरमा चेक जाँच गर्ने काम भइरहेको छ। भुसाालका अनुसार अहिले रहेको पुरानो यातायात व्यवस्थापन निर्देशिकामा भएका केही सामान्य कुराहरुलाई आधार बनाएर चेक जाँच गरिएको छ।
तर निजी सवारी साधानको अवस्था चेक जाँच गर्ने व्यवस्था अहिलेसम्म नभएको भुसालको भनाइ छ।

भविष्यमा उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुबै खालका सवारी साधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्को दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन–कुन भागको अवस्था कस्तो छ भनी जानकारी दिनेछ। सवारी साधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनः मर्मत गरेर ल्याएर अवस्था ठीक भएपछि मात्रै प्रमाणपत्र पाउने व्यवस्था हुनेछ।

यो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट स्लिप, हर्न, लाइटलगायतका कुरा परीक्षण हुने छ। अगाडि र पछाडिको पांग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पांग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ।

त्यससँगै च्यासिस खिया वा कोतरिएको अवस्था बुझ्नका लागि ’भिजुअल इन्स्ट्रक्स’ समेत हुने गरेको छ। हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पुर्याएर र गह्रौँ सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गरिन्छ।

भन्सारबाट आएका विद्युतीय गाडीहरु पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ। यसै अनुसार हाल अन्य सडकका साथै उकालोका लागि भने कपन गुम्बाको उकालो प्रयोग गरेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...

चालकको अभावमा थन्किए सडक सफा गर्न भनेर ल्याइएका ७ ब्रुमर

चालकको अभावमा थन्किए सडक सफा गर्न भनेर ल्याइएका ७ ब्रुमर

काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७...

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...