रातमा समेत ट्राफिक प्रहरीको गति नियन्त्रण अभियान, नाइट भिजन लेजर स्पिड गनको प्रयोग

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’ सहितको चेकिङ शुरु गरेको छ ।

विशेष गरी कोटेश्वर–सुर्यबिनायक सडक, रिङरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीव्र गति नियन्त्रणको अभियान शुरु गर्दै आएको बताएको छ ।

‘दैनिक रुपमा दिउँसो हुने चेकिङमा तीव्र गतिमा सवारी चलाउने ३५÷४० जना चालकहरुलाई लेजर गनमार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ ।’ तीव्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनले नाइट भिजन लेजर स्पिड गनको प्रयोग शुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूतीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाइट स्पिड चेकिङलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

तीव्र गतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीव्र गति र लापरबाहीका साथ सवारी नचलाउन सम्पूर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...