विद्युतीय गाडीको आयातमा छलाङ, ८ महिनामा कुन देशबाट कति आए ?

काठमाडौं - नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा ७ हजार ८० वटा इलेक्ट्रिक भेइकल (ईभी) भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार साउनदेखि फागुनसम्म विभिन्न क्षमताका उक्त संख्यामा गाडी भित्रिएका हुन् ।

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखनिय वृद्धि भइरहेको हो । विभागको तथ्याङक अनुसार ५० किलोवाट क्षमताका ईभी २५ सय ३१, ५१ देखि १०० किलोवाट क्षमताका ३८ सय ७९ र १०१ देखि २०० किलोवाट क्षमताका ६५४ वटा गाडी आयात भएका छन् ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको १४ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएकाे छ । भन्सार विभागका अनुसार १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएका हुन् ।

विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारलाई १० अर्ब २२ करोड ११ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नुले ईभीको प्रयोग बढ्दै गएको हो ।

सडक ईभी मय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो ८ महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १४ सय ३६ र भारतबाट १ हजार ९४ वटा भित्रिएका छन् । यस्तै, विभागका अनुसार इन्डोनेसिया बाट ५० किलोवाट ब्याट्री क्षमता भएका एक वटा गाडी आएको छ ।

५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट ३१ सय ९७, भारतबाट ६८१ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो । यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ६२४, जर्मनीबाट २४, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् ।

विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट १० र जर्मनीबाट ३ वटा, अमेरिकाबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।यसका साथै ३०० किलोवाट माथिको अहिलेसम्म २ वटा ईभी गाडी चीनबाट आएको विभागको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

सागरले बनाए विद्युतीय मोटरसाइकल, विद्यालयले दियो पुरस्कार

सागरले बनाए विद्युतीय मोटरसाइकल, विद्यालयले दियो पुरस्कार

काठमाडौं – अर्घाखाँचीका सागर पोखरेलले ब्याक गियरसहितको विद्युतीय...

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

काठमाडौं – गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...