निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ
निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ ।...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत सम्मले अन्तःशुल्क वृद्धि गरेको छ । यसअघि ७० प्रतिशत अन्तःशुल्क लाग्दै आएको १५ सयदेखि २ हजार सीसीसम्मका गाडीमा ५ प्रतिशत बढाएर ७५ प्रतिशत, २ हजारदेखि २५ सय सीसी सम्मकोमा ७८ प्रतिशतबाट बढाएर ८५ प्रतिशत र २५ सयदेखि ३ हजारसम्म तथा ३ हजार सीसी माथिका कारमा ५–५ प्रतिशतका दरले यस्तो शुल्क वृद्धि गरिएको हो ।
यसरी अन्तःशुल्क वृद्धि गरिएपछि उच्च सीसी क्षमताका एसयूभीको मूल्य १० लाख रुपैयाँसम्मले वृद्धि हुने देखिएको छ । १५ सय सीसी माथिका प्रायः सवैजसो गाडी एसयूभी सेग्मेन्टमा मात्र उपलब्ध रहेका कारण यसको मार सबैभन्दा बढी महंगा र विलासी मानिने यस्ता एसयूभीमा पर्ने देखिएको हो ।
नेपाली बजारमा अहिले मारुती सुजुकी वाहेक अन्य सबै ब्रान्डसँग १५ सय सीसी सेग्मेन्ट भन्दा माथिका गाडी पनि उपलब्ध रहँदै आएको छ । यो सेग्मेन्टमा हुन्डाइसँग टुसान, भर्ना, प्यालिसेड र सन्टाफे गरी कुल ४ मोडलका कार उपलब्ध रहेको छ । जसमध्ये २ हजार सीसीको टुसान र १६ सय सीसीको भर्नामा ५ प्रतिशत तथा २२ सय सीसीको प्यालिसेड र २५ सय सीसीको सन्टाफेमा ७ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि हुनेछ ।
यसैगरी किया कार्निभल र सोरेन्टोमा ७ प्रतिशत तथा स्पोर्टेजमा ५ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि हुने देखिएको छ । यी गाडीको इन्जिन क्षमता क्रमशः २२ सय र २ हजार सीसी रहेको छ । होन्डाले कारोबार गर्ने २ हजार सीसी क्षमताको सिआर–भी र एमजी मोटर्सको जीएस र हेक्टर मोडलमा पनि ५ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि हुनेछ ।
महिन्द्राको स्कर्पियो, थार, एक्सयूभी ५०० र वोलेरो लगायत मोडलमा ७ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि गरिएको छ । महिन्द्राको यी सबै मोडल २ हजारदेखि २५ सय सीसी सेग्मेन्टमा पर्छन् । यो सेग्मेन्टमा निसानसँग एक्सट्रायल र पेट्रोल एसयूभी उपलब्ध रहँदै आएको छ भने स्कोडाको कारोक, कोडियाक र सुपर्व मोडल पनि १५ सयदेखि २ हजार सीसी क्षमता भित्रमा पर्छन् । यसैगरी फक्वागनसँग भएको २ हजार सीसी क्षमताको अलस्पेस र २६ सय सीसी क्षमताको टुआरेग तथा २ हजार सीसीको टाटा एच५मा पनि ५ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि भएको छ ।
उच्च सीसी क्षमताका गाडी आयात गरी कारोबार गर्ने मित्सुविसी, टोयोटा, बीएमडब्लु, जिप, सुवारु, प्युजो, साङयोङ, मर्सिडिज वेन्ज र ल्यान्डरोभर जस्ता ब्रान्डका प्रायः सबैजसो मोडलमा अन्तःशुल्क वृद्धिको असर पर्ने पक्कापक्कि भएको छ ।
मित्सुविसीसँग हाल ३२ सय सीसीको पजेरो, २५ सय सीसीको पजेरो स्पोर्ट र २४ सय सीसीको आउटल्यान्डर मोडल उपलब्ध छन् भने एक्सपान्डर र एक्ल्पिस क्रस १५ सय सीसी क्षमताका एसयूभी हुन् । उता टोयोटासँग राइज र रस एसयूभी वाहेक फर्चुनर, ल्यान्डक्रुजर प्राडो, -याभ फोर र कोरोला क्रस लगायत अन्य सबै मोडल १५ सय सीसी भन्दा माथिमा मात्र उपलब्ध रहेको छ ।
अमेरिकन ब्रान्ड जिपसँग कम्पासको पेट्रोल भेरिएन्ट वाहेक वाँकी सम्पूर्ण ५ वटा मोडलमा १५ सय सीसी भन्दा माथिको इन्जिन जडान गरिएको छ । जसमध्ये कम्पास डिजेल, कम्पास ट्रायल हक र -यांगलर लिमिटेड २ हजार सीसी क्षमताका हुन् भने ग्रान्ड चेरोकी ३ हजार र ग्ल्याडिएटर ३६ सय सीसी क्षमताका हुन् । जिपको यी सबै मोडलमा पनि ५ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि भएको छ ।
जर्मन ब्रान्ड बीएमडब्लुले आयात गर्ने एक्स१ र एक्स२ वाहेक वाँकी मोडलहरु एक्स३, एक्स५, ५ सिरिज र ७ सिरजमा २ हजार सीसी माथिको इन्जिन जडान गरिएको छ । अन्य ब्रान्डमा सुवारु, प्युजो र साङयोङले बिक्री गर्ने सबै मोडलका एसयूभी समेत १५ सय सीसीभन्दा माथि नै उपलबध छन् ।
निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ ।...
बीएमडब्ल्यु इन्डियाले १७ जुलाई २०२५ मा भारतीय बजारमा आफ्नो नयाँ पुस्ताको...
फक्सवागनले विश्वव्यापी स्तरमा आफ्नो पहिलो इलेक्ट्रिक कार आइडी.एभ्रिवान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...