उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै
लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सवारी धनीहरुलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुनेछ ।
सो इभेन्ट भोलि बिहीबार देखि प्रारम्भ भई आइतबार सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्ने छ ।
सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन् । साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।
काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ ।
विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ । ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको वारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदा समेत लिन सक्ने साइमेक्स इंकले बताएको छ ।
साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्तियोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ । ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डो(याउनका लागि महत्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ ।’
ग्राहकहरुले ०१–५९७०७३३, ९८०२३९०३५१ र ९८०२६३९६५१ नम्बरमा कल गरेर थप जानकारी लिन सक्ने कम्पनीको भनाइ छ ।
लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...
काठमाडौं–बीवाईडीको सबैभन्दा सस्तो ह्याचब्याक कार सिगल नेपाल आउने पक्का...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...