आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने, २ लाख सम्म एक्सचेन्ज बोनस पाइने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सवारी धनीहरुलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुनेछ ।

सो इभेन्ट भोलि बिहीबार देखि प्रारम्भ भई आइतबार सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्ने छ ।

सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन् । साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ ।

विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ । ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको वारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदा समेत लिन सक्ने साइमेक्स इंकले बताएको छ ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्तियोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ । ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डो(याउनका लागि महत्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ ।’

ग्राहकहरुले ०१–५९७०७३३, ९८०२३९०३५१ र ९८०२६३९६५१ नम्बरमा कल गरेर थप जानकारी लिन सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

एलआआर मोटर्सको नयाँ वर्ष अफर : जिली ईएक्स५ किन्दा थाइल्याण्ड भ्रमण, नगद छुट र विभिन्न उपहार

एलआआर मोटर्सको नयाँ वर्ष अफर : जिली ईएक्स५ किन्दा थाइल्याण्ड भ्रमण, नगद छुट र विभिन्न उपहार

काठमाडौं–नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्सले आफ्नो...

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...