टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले लोकप्रिय इलेक्ट्रिक कार नेक्सन ईभीलाई अझै अपडेट मोडलका साथ बजारमा उतार्ने तयारी गरिरहेको छ । यसको वारेमा नयाँ नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । त्यसैगरी धेरै पटक यो परीक्षण गरेको समेत देखिएको छ ।

हालै यसको नयाँ स्पाई इमेज सार्वजनिक भएको छ र नयाँ जानकारी पनि थाहा भएको छ । नयाँ इमेजका अनुसार यसमा ४ डिस्क ब्रेक हुनेछन् । त्यसैगरी यसमा पहिले भन्दा धेरै रेन्ज दिने ब्याट्री हुनेछ, जुन ४० किलोवाट आवरका साथ उपलब्ध हुनेछ ।

कम्पनीले सो कार आगामी मार्च महिनामा लन्च गर्ने सम्भावना छ । हाल टाटा नेक्सन ईभी भारतका साथै नेपालमा समेत लोकप्रिय छ । पहिलेको मोडल र नयाँ मोडल साथसाथै बिक्री गरिने छ । हालको मोडलले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज दिन्छ ।

टाटा नेक्सन ईभीमा परमनेन्ट म्याग्नेट एसी मोटर दिइएको छ । यसमा पावरका लागि लिथियम आयोन ब्याट्री उपलब्ध छ, जुन लिक्विडकुल्ड र आईपी६७ सर्टिफाइड छ । यसको अर्थ यसलाई पानी र धुलो दुवैले केही असर गर्दैन ।

नेक्सन ईभीमा ३०.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ३१२ किमी रेन्ज दिन्छ । यसको नयाँ इलेक्ट्रिक पावरट्रेनले २४५ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसले ९.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

नेपाली बजारमा पनि टाटा नेक्सन ईभी उपलब्ध छ । यद्यपि कम्पनीले बुकिङ गर्ने ग्राहकलाई समयमै कार उपलब्ध गराउन सकेको छैन । बढ्दो मागका कारण यसको डेलिभरीका लागि केही समय पर्खिनु पर्ने हुन्छ ।

नेपाली बजारमा तीन भेरिएन्टमा टाटा नेक्सन ईभी उपलब्ध छ । यसको मूल्य ३६ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

नेटा भी खरिद गर्दा ८० प्रतिशत कर्जा सहजै पाइने

नेटा भी खरिद गर्दा ८० प्रतिशत कर्जा सहजै पाइने

काठमाडौं– होजोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले...

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ...

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...