सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट

सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स भारतमा लन्च गरेको छ । २०२५ जिक्सर र जिक्सर एसएफ को मूल्य क्रमशः रु १ लाख ३८ हजार तथा १ लाख ४७ हजार भारु तोकिएको छ ।

दुबै मोटरसाइकलमा एलईडी लाइट र ब्लुटुथ जडान गरिएको छ भने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध गराइएको छ । यी मोटरसाइकल मेटालिक ट्राइटन ब्लू/पर्ल ग्लेशियर ह्वाइट, ग्लास स्पार्कल ब्ल्याक, मेटालिक ओर्ट ग्रे/मेटालिक लस ग्रीन कलरमा उपलब्ध हुनेछन् ।

दुवै बाइकमा १५५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १३.३ बीएचपी र १३.८ एनएम पावर उत्पादन गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यी बाइकमा सिंगल –च्यानल एबिएस पाइनेछ ।

यसैगरी, २०२५ जिक्सर २५० र जिक्सर एसएफ २५० को मूल्य क्रमशः १ लाख ९८ हजार तथा २ लाख ७ हजार भारु निर्धारण गरिएको छ । दुवै बाइकमा २४९ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ भने उक्त इन्जिनले २७ बीएचपी र २२ एनएम पावर उत्पादन गर्छ । इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

२०२५ भी–स्ट्रोम एसएक्सको मूल्य रु २ लाख १६ हजार भारु राखिएको छ ।

सम्बन्धित समाचारहरू

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...

सुजुकी भी स्ट्रोम २५० को मूल्य ७ लाख रुपैँया

सुजुकी भी स्ट्रोम २५० को मूल्य ७ लाख रुपैँया

काठमाडौं–सुजुकीले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५०...

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...