तीन भेरिएन्टमा आयो रोयल इन्फिल्ड गुरिल्ला ४५०, यस्तो छ विशेषता
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...
रोयल इन्फिल्डले आफ्नो सबैभन्दा लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को अपडेटेड संस्करण अगस्ट १२ मा लन्च गर्ने भएको छ । क्लासिक बाइकको नयाँ पुस्ताको मोडलमा फिचर अपडेट गरिएको छ ।
सो मोटरसाइकलको मूल्य हालको मोडलभन्दा बढी हुनेछ । रोयल इन्फिल्ड क्लासिक ३५० ले भारतीय बजारमा होन्डा सीबी३५० र जावा ३५० सँग प्रतिस्पर्धा गर्छ।
नयाँ रोयल इन्फिल्ड क्लासिकको ३५० एलईडी हेडलाइट, एलईडी टेललाइट र एलईडी टर्न इन्डिकेटरमा ठुलो अपडेट गरिएको छ । साथै बाइकमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, नयाँ स्विचगियर र नयाँ कलर अप्सन पनि उपलब्ध हुनेछ । मोटरसाइकलको इन्धन ट्याङ्की र साइड बडी प्यानलमा हल्का परिवर्तन हुन सक्छ। साथै एबीएस सहित अलोय ह्विल र ट्युबलेस टायरको विकल्प दिन सकिनेछ ।
सो बाइक जे सिरिजको ३४९ सीसी एयर/आयल कुल्ड सिंगल सिलिन्डरले सुसज्जित हुनेछ । सो इन्जिनले २०.१७ एचपी पावर र २७ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । ट्रान्समिसनको लागि यसको इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।
सो बाइकको फ्रन्टमा ट्विन डाउनट्युब फ्रेम टेलिस्कोपिक फोर्क र ट्विन रियर शक एब्जार्बर दिइएको छ । यसमा ट्युब टायरसहित अगाडि १९ इन्च र पछाडि १८ इन्चको वायर स्पोक ह्विल उपलब्ध हुनेछ ।
बाइकको मिड र टप भेरिएन्टमा ड्युअल च्यानल एबीएससहित ३०० एमएम फ्रन्ट र २७० एमएम रियर डिस्क ब्रेक समावेश हुनेछ । बेस भेरिएन्टमा सिंगल च्यानल एबीएसको साथ रियरमा ड्रम ब्रेक दिइएको छ । नयाँ पुस्ताको क्लासिकमा यूएसबी चार्जिङ पोर्ट, एनालग स्पिडोमिटर, फ्युल गेज र सर्भिस रिमाइन्डरसहितको नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ ।
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...
रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...
रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो क्लासिक ३५० बाइकमा ठुलो अपडेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...