नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनो इन्डियाले आफ्नो लोकप्रिय सब कम्प्याक्ट एसयूभी काइगरको नयाँ अपडेटेडसहित लन्च गरेको छ। कम्पनीले ग्राहकको बदलिँदो चाहनालाई ध्यानमा राख्दै नयाँ काइगरमा ३५ भन्दा बढी डिजाइन र फिचर अपडेटहरू समावेश गरेको जनाएको छ।
नयाँ काइगरको लम्बाइ ३९९१ एमएम, ह्विलबेस २५०० एमएम र ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ । अपडेटेड नयाँ मोडलमा आकर्षक रङ विकल्प, नयाँ रेनो लोगो र थप स्पोर्टी डिजाइन समावेश गरिएको छ। सो
नयाँ काइगर २ इन्जिन विकल्पमा उपलब्ध हुनेछ। पहिलो १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ, जसले ७२ पीएस पावर र ९६ एनएमको टर्क उत्पादन गर्छ। यो ५ गियर म्यानुअल वा अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग उपलब्ध छ। दोस्रो १.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ, जसले १०० पीएस पावर र १६० एनएमको टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार टर्बो म्यानुअल भेरिएन्टले प्रतिलिटर करिब २०.३८ किलोमिटर माइलेज दिन्छ।
एसयूभी अथेन्टिक, इभोलुसन, टेक्नो र इमोसन गरी ४ भेरिएन्टमा उपलब्ध हुनेछ। टप भेरिएन्टमा ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र प्रिमियम अडियो सिस्टमजस्ता फिरच प्रदान गरिएको छ।
सो एसयूभीमा नयाँ लोगो सहितको स्टेयरिङ ह्विल, ड्युअल टोन अपहोल्स्ट्री, एम्बियंट लाइटङ र लेदरेट सिट समावेश गरिएको छ। साथै यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिभिटी र डिजिटल ड्राइभर डिस्प्ले प्रदान गरेको छ । यसमा ४०५ लिटरको बुट स्पेस दिइएको छ ।
फिचरका लागि नयाँ काइगरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुश–बटन स्टार्ट, वायरलेस चार्जर, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा र अर्कामिस थ्रीडी साउन्ड सिस्टम समावेश गरिएको छ ।
सेफ्टीका लागि यसको सबै भेरिएन्टमा ६ वटा एयरब्याग समावेश छ । साथै ईएसपी, टायर प्रेशर मिनटरिङ, हिल स्टार्ट असिस्ट, एन्टिलक ब्रेकिङ सिस्टम र रिभर्स क्यामेरा पनि उपलब्ध छ । टप भेरिएन्टमा ३६० डिग्री भ्यु क्यामेरा पनि समावेश छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...