किया निरो ईभीको नयाँ मूल्य सार्वजनिक, यस्तो हुनेछ मूल्य
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
भारतमा कियाले नयाँ लोगो सहित सोनेट र सेल्टोस एसयूभीको अपडेट भर्सन लन्च गरेको छ । किया इन्डियाका अनुसार सेल्टोसमा १७ र सोनेटमा १० अपडेट गरिएको छ ।
कम्प्याक्ट एसयूभी किया सोनेट भारतमा सबैभन्दा बढी बिक्री हुने मोडल हो । सो एसयूभीको भारतीय बजारमा मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट, रेनो काइगर र होन्डा डब्ल्युआर–भी जस्ता कारसँग प्रतिस्पर्धा हुनेछ ।
सो ५ सिटर एसयूभीमा प्याडल सिफ्टर्स हुनेछ । जसलाई एचटीएक्स र जीटीएक्स प्लस भेरिएन्टमा समावेश गरिनेछ । सो भेरिएन्टमा ७ स्पिड ड्युल क्लच अटो र ६ स्पिड एटीको साथमा उपलब्ध गराइने छ । किया मोटर्स १.५ लिटर टर्बाे डिजेलमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन र १.० लिटर तीन सिलिन्डर टर्बाे पेट्रोलको साथमा ७ स्पिड डिसीटीको साथमा एचटीएक्स भेरिएन्ट उपलब्ध हुनेछ ।
कियाको सबै भेरिएन्ट एचटीएक्स, एचटीएक्स प्लस र जीटीएक्स प्लसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, ब्रेक असिस्ट र भेइकल स्टेबिलिटी म्यानेजमेन्ट जस्ता सेफ्टी फिचर समावेश गरिएको छ । रिमोट इन्जिन स्टार्ट फङसनलाई एचटीके प्लस ट्रिमको साथमा प्रस्तुत गरिनेछ । विशेष रुपमा १.० लिटर टर्बाेको म्यानुअल एडिसन र डब्ल्युजीटीको साथमा डिजेल इन्जिन समावेश गरिनेछ ।
एचटीके प्लस ट्रिममा सनरुफ प्रदान गरिएको छ । साथै यूभीओ कनेक्ट भेरिएन्टमा भ्वाइस कमान्डको प्रयोगले सनरुफ खोल्न पनि सकिन्छ । जबकि एचटीके ट्रिममा क्रिस्टल कट अलोय ह्विल हुनेछ । साथै १.२ लिटर एचटीकेमा किलेस इन्ट्रि, एचटीके प्लसमा पुस बटन स्टार्टको साथमा स्मार्ट कि, एचटीएक्समा सनसेड कर्टेन, फरक फरक ट्रयाक्सन र ड्राइभ मोडको साथमा एचटीएक्समा ७ स्पिड डीसीटी र ६ स्पिड एटी हुनेछ ।
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
किया मोटर्सको आन्ध्र प्रदेश प्लान्टबाट ९०० कार इन्जिन चोरी भएको तथ्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...