बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै
काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...
बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ५१ हजार भारु मूल्यमा लन्च गरेको हो ।
कम्पनीले बाइकमा केही परिवर्तन गरेको छ । यसमा सबैभन्दा ठुलो परिवर्तन इन्स्ट्रयुमेन्ट कन्सोलमा गरिएको छ । अब यसमा पूर्णतया नयाँ पूर्ण–डिजिटल डिस्प्ले रहेको छ । डिस्प्ले कल र एसएमएस अलर्ट तथा बजाज राइड कनेक्ट एप मार्फत टर्न बाई टर्न नेभिगेसनको लागि ब्लुटुथ जडान गरिएको छ।
यसमा डिस्प्ले अपरेट गर्नका लागि स्विचगियर पनि प्रदान गरिएको छ । साथै यसमा रेन, रोड र स्पोर्ट गरी ३ वटा एबीएस मोड पनि रहेको छ । बाइकमा ११० सेक्शनको ठूला टायर र १७ इन्चको अलोय ह्विल दिइएको छ ।
२०२४ बजाज पल्सर एफ२५० यसको पुरानो २०२३ मोडल जस्तै देखिन्छ । नयाँ डिजाइन ग्राफिक्सले मात्र बाइकलाई हालको मोडलभन्दा फरक बनाएको छ । सो बाइक कालो र रातो रङको विकल्पमा उपलब्ध छ । सो बाइकमा सेमी–फेयर स्टाइल, आक्रामक भी आकारको एलईडी हेडल्याम्प क्लस्टर, स्प्लिट–सिट, ट्विन–ब्यारेल निकास मफलर र क्लिप–अन ह्यान्डलबार दिइएको छ ।
सस्पेन्सन र ब्रेकिङ कम्फर्ट राइडिङका लागि बाइकमा परम्परागत टेलिस्कोपिक फोर्क दिइएको छ । ब्रेकिङका लागि अगाडि ३०० एमएमको पेटल डिस्क ब्रेक र पछाडि २३० एमएम नयाँ ड्युअल च्यानल एबीएसको साथ उपलब्ध छ ।
सो बाइकमा एन२५० मा जस्तै २४९.०७ सीसी आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ८७५० आरपीएममा २४ बीएचपी पावर र ६५०० आरपीएममा २१.५ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई एसिस्ट र स्लिपर क्लचको साथ ५ स्पिड गियरबक्समा ट्युन गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...
बजाजले नयाँ जेनेरेसन डोमिनार ४०० लाई भारतमा ठूलो अपग्रेडका साथ प्रस्तुत...
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...