अपडेट फिचरसहित आए नयाँ स्कुटर अप्रिलिया एसआर १२५ र एसआर १६०

नयाँ अपडेटसहित २०२२ एसआर १२५ र एसआर १६० स्कुटर भारतमा लन्च गरिएको छ । जसको क्रमशः मूल्य १ लाख ८ हजार र १ लाख १७ हजार भारु एक्स शोरूम मूल्य तोकिएको छ । पुराना मोडलको तुलनामा नयाँ मोडल करिब १२ हजारदेखि १३ हजार भारु महँगो भएको छ । एसआर १६० को प्रतिस्पर्धा हालै लन्च गरिएको यामाहा एरोक्स १५५ सँग हुनेछ ।

एसआर १२५ र एसआर १६० को डिजाइन र स्टाइल आरएसभी४ सुपरबाइकबाट प्रेरित छ । स्कुटरको ’रेस’ ट्रिममा आरएस–जीपीबाट प्रेरित बडी ग्राफिक्स र ह्यान्ड गार्ड रहेको छ । दुबै मोडलमा नयाँ भी आकारको एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प देख्न सकिन्छ । ग्र्याब रेल र एप्रोन पनि परिवर्तन गरिएको छ । साथै सिट स्प्लिट डिजाइनको साथमा पेश गरिएको छ । स्कुटरमा किक गार्ड पनि राखिएको छ ।

अपडेटेड अप्रिलिया एसआर ५ रङ निलो, म्याट ब्लु, ग्रे, सेतो र रातो रङमा उपलब्ध छ । दुबै मोडलमा १४ इन्चको अलोय ह्वील र ६ लिटरको फ्युल ट्यांक छ । अन्डर सिट स्टोरेज ११ लिटरको छ । २०२२ अप्रिलिया एसआर १२५ एन्टि–लक ब्रेकिङ सिस्टम र एसआर १६० सीबीएसमा सुसज्जित छ । स्कुटर फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा उपलब्ध छ, जसमा ट्याकोमिटरसँगै गति, यात्रा र इन्धन खपत बारेमा जानकारी दिन्छ ।

२०२२ अप्रिलिया एसआर१६० मा जस्तै १६० सीसी, ३ भल्भ इन्जिन जडान गरिएको छ । सो इन्जिनले ७६०० आरपीएममा १०.९ बीएचपीको पावर र ६००० आरपीएममा ११.६ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ एसआर १२५ मा पनि पहिले जस्तै १२५ सीसी इन्जिन जडान गरिएको छ । सो इन्जिनले ९.८ बीएचपी पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हुलास फिनसर्भले फाइनान्स सुविधा दिने

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हुलास फिनसर्भले फाइनान्स सुविधा दिने

भेस्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध...

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...