कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
बेलायती अटोमोबाइल कम्पनी लेजान्टे लिमिटेडले भगवान गणेशको लोगो अंकित गरेको नयाँ सुपरकार बजारमा ल्याएको छ। ९५-५९ नाम दिइएको सो हाइपरकार अनौठो डिजाइन र शक्तिशाली प्राविधिक क्षमतासहित लन्च भएको हो।
सो कारलाई गुडवुड फेस्टिवल अफ स्पिड २०२५ मा प्रस्तुत गरिएको थियो। कम्पनीले आफ्नो पहिलो हाइपरकारमार्फत नयाँ सुरुवात गरेको बताइएको छ। सो कार केवल स्पिड वा परफर्मेन्सको लागि मात्र नभई लग्जरी र डिजाइनको अनौठो मिश्रण भएको छ। अहिलेसम्म कुनै पनि हाइपरकार वा साधारण कारमा गणेशको लोगो नदेखिएको हुँदा यो संसारमै अद्वितीय ठहरिएको छ।
सो कारलाई म्याकलरेन पी१ का स्टाइलिस्ट पल हाउसले डिजाइन गरेका हुन् । तीन सिट भएको यस कारमा चालक बीचमा बस्ने गरी बनाइएको छ। कारमा ८५० एचपी ट्विन-टर्बो भी८ इन्जिन राखिएको छ र यसको बडी कार्बन फाइबरले बनेको छ । यसको बिचमा जडान गरिएको एक्जस्ट एफ२२ लडाकु विमानबाट प्रेरित भएको देखिन्छ । यसको छतमा जेट विमान सरह पारदर्शी छाना जडान गरिएको छ ।
सो सुपरकार केवल ५९ युनिट मात्र निर्माण गरिनेछ। प्रत्येक युनिटमा भगवान गणेशको लोगो रहनेछ, जुन बुद्धि, समृद्धि र नयाँ सुरुवातको प्रतीक मानिन्छ। यसको सुरुवाती मूल्य २० कराेड रुपैयाँ तोकिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...