थापाथलीमा खुल्यो सिट्रोनको सोरुम, १ करोड ३५ लाख मूल्यको सी५ एयरक्रसको खुल्यो बुकिङ

काठमाडौं – फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको सोरुम काठमाडौंको थापाथलीमा शुभारम्भ भएको छ । फ्रेन्च भाषामा ‘घर’ भनिने शब्द ‘ला–मेसन’ कन्सेप्टमा आधारित उक्त सोरुम नेपालमा भएको एक अद्वितीय सोरुम मानिन्छ । मिड साइजको प्रिमियम ५ सिटर एसयूभी सी५ एयरक्रस पहिलो मोडलको रुपमा कम्पनीले नेपाल भित्र्याएको छ ।

फ्रान्सबाट सीधै आयात गरिएको सिट्रोन सी५ एयरक्रसमा १.६ लिटर र ६–स्पिड अटोमेटिक गियरबक्स सहितको पेट्रोल इन्जिनले १६५ एचपी पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । यसकारण यात्रालाई निकै नै सुविधाजनक बनाउनुका साथै ड्राइभिङ प्लेजरलाई बढाउछ ।

गाडीमा भएको ड्युअल प्रोग्रेसिभ हाइड्रोलिक कुशन र एड्भान्स्ड कम्फर्ट सिटसहितको युनिक प्याटेन्टेड सस्पेन्सन डिजाइनले एड्भान्स्ड कम्फर्ट प्रदान गर्छ । सफ्ट सस्पेन्सन र वेलकमिङ सिटले सिट्रोनको यो एसयूभीमा प्रवेश गर्दा नै आरामदायिताको अनुभूति गराउछ ।

मस्कुलर प्रोफाइल र प्लेन्टी अफ एटिच्युडले यसको क्लास फिल गराउछ । अघिल्लो भागमा भएको डबल सेभ्रोन डिजाइन र पावरफुल कर्भ्ड साइड प्यानलले राम्रो लुक प्रदान गरेको छ । सिट्रोन एड्भान्स्ड कम्फर्ट प्रोग्रामले ड्राइभर र प्यासेन्जर सबैका लागि इनोभेटिभ, टेक्नोलोजिकल र इन्टेलिजेन्ट सोलुसन प्रदान गर्छ ।

कोकुन्ड इन कम्फर्ट, प्यानोरामिक लाइफ, फ्लाइङ कार्पेट इफेक्ट र इन्ट्युटिभ टेक्नोलोजी गरी चार मेन थिमले सो गाडीमा भएको कम्फर्ट इन्जिनियरिङलाई प्रस्तुत गरेका छन् ।

सिट्रोन सी५ एयरक्रसमा मल्टिपल ड्राइभ सरफेस अप्सनसहितको युनिक ग्रिप कन्ट्रोल सिस्टम छ । त्यसैगरी ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, फुट अपरेटेड इलेक्ट्रिक टेलगेट, इन्जिन स्टार्ट र स्टप फङ्सन, १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने फोन मिररिङ फङ्सन सहितको ८ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन रहेको छ ।

सिट्रोन सी५ एयरक्रसको बुकिङ प्रारम्भ भएको छ । यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सांग्रिला मोटर्स प्रालिले यो ब्रान्ड नेपाली बजारमा भित्र्याएको हो ।

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइट लगायतका कारको मूल्यमा भयो वृद्धि : यस्तो छ नयाँ मूल्य सूची

निसान म्याग्नाइट लगायतका कारको मूल्यमा भयो वृद्धि : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइट, निसान किक्स र लगायतका...

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने विभिन्न कार आयातकर्ता कम्पनीहरुले...

६ भेरिएन्टमा लन्च गरिएको निसान म्याग्नाइट फेसलिफ्टको डेलिभरी सुरु

६ भेरिएन्टमा लन्च गरिएको निसान म्याग्नाइट फेसलिफ्टको डेलिभरी सुरु

निसान म्याग्नाइट फेसलिफ्ट भारतमा लन्च भएको छ । कम्पनीले अब सो एसयूभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...