३६ जना ड्राइभरलाई र्यालीक्रस र अटोक्रसको तालिम
काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार...
काठमाडौं - बागमती प्रदेशको राजधानी हेटौँडामा पहिलोपटक ग्लोबल रोड सेफ्टी विक मनाइएको छ । साइकल सिटी हेटौँडाले नासा फाउण्डेसन नेपालसंगको सहकार्यमा सो विकको सन्दर्भमा साइकल सेफ्टी सम्बन्धि छलफल कार्यक्रम हिजो हेटौँडामाको हुप्रचौरमा सम्पन्न भयो ।
यस पटकको विकको मुख्य थिम मध्ये साइक्लिङ सेफ्टी समेत रहेको सन्दर्भमा नेपालका साइक्लिङ क्लबले गरेको यस छलफलले नेपाली साइक्लिङको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने बताइएकोछ । अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले सहजीकरण गरेको सो कार्यक्रममा साइकल सिटी हेटौँडाका सल्लाहकारहरु केवल बानियाँ र रामकुमार श्रेष्ठले साइकल सिटी हेटौँडाका कार्यक्रम वारे प्रकाश पार्दै प्रदेशका सरकारी कार्यालयमा सुरक्षित साइकल लेनको लागि प्रस्ताव लाने योजना प्रस्तुत गरे ।
नेपालको सन्दर्भमा साइक्लिङ सभ्यता पर्यटन, यातायात, खेलकुद, वातावरण संरक्षण र रोजगारी तथा सहरी व्यवस्थापन जस्ता महत्वपूर्ण विषयको आधार रहेको ठहर गरियो । हेटौँडाको भेलाद्वारा पुर्वाधार निर्माण, पर्यटकीय प्रोडक्ट र गन्तव्य, समयानुकुल नीति र साईकलिस्ट सुरक्षाको क्षेत्रमा सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । युथ फर रोड सेफ्टीका किरण धिताल र साइकल सिटीका सचिव रनिश मानन्धरले सो भेलामा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए।
हेटौँडाका साइकलका खेलाडी, प्राबिधिक र अभियन्ताहरुको सहभागिता रहेको सो भेला नेपालको साइकल सेफ्टी र बागमती प्रदेशको साहासिक पर्यटनको इतिहासमा एउटा कोशेढुंगा हुने विश्वास गरिएको छ ।
काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार...
सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड...
काठमाडौं – अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...