भारतमा अल्ट्राभायोलेटको एक्स–४७ क्रसओभर लन्च, २४ घण्टामै ३,००० बुकिङ

भारतको इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन कम्पनी अल्ट्राभायोलेटले नयाँ मोटरसाइकल एक्स–४७ क्रसओभर लन्च गरेको छ। कम्पनीले यसको मूल्य २ लाख ७४ हजार भारु तोकेको छ तर विशेष अफरअन्तर्गत पहिलो हजार ग्राहकलाई मात्र २ लाख ५ हजार भारुमा उपलब्ध गराउने घोषणा गरेको छ ।

तर बजारमा देखिएको जबरजस्त प्रतिक्रियाले सबैलाई अचम्म पार्‍यो। बुकिङ सुरु भएको २४ घण्टाभित्र नै ३,००० युनिट बुकिङ भएपछि कम्पनीले आफ्नो अफरलाई १ हजार बाट बढाएर ५ हजार ग्राहकसम्म विस्तार गरेको छ । यसले भारतमा इलेक्ट्रिक मोटरसाइकलप्रतिको उच्च आकर्षण र अल्ट्राभायोलेट ब्रान्डप्रतिको विश्वासलाई स्पष्ट देखाएको छ।

एक्स–४७ क्रसओभर राडार र ड्यासक्याम सुविधा भएको भारतको पहिलो मोटरसाइकल हो । सो बाइकले एड्भेन्चर टुरर र नेकेड स्ट्रिट दुवैको अनुभव दिन्छ। कम्पनीले यसलाई एफ–७७ प्लेटफर्ममा निर्माण गरेको हो । सो बाइकमा ७.१ किलोवाट र १०.३ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ, जसले २११ देखि ३२३ किलोमिटरसम्मको सिंगल चार्ज रेन्ज प्रदान गर्छ।

यसको इलेक्ट्रिक मोटरले ४० बीएचपी शक्ति र १०० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि ६० किलोमिटर प्रतिघण्टा मात्र २.७ सेकेन्डमा र ० देखि १०० किलोमिटर प्रतिघण्टा ८.१ सेकेन्डमा पूरा गर्न सक्छ।

सेफ्टीका लागि बाइकमा ब्लाइन्ड स्पट डिटेक्शन, ओभरटेक अलर्ट, लेन चेन्ज असिस्ट, रियर कोलिजन वार्निङ जस्ता एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम फिचर उपलब्ध छ । साथै यसमा टीएफटी डिस्प्लेको साथमा ३ लेवल ट्रयाक्शन कन्ट्रोल, ९ लेवल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र स्विचेबल ड्युअल च्यानल एबीएस जस्ता फिचर पनि उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...