नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा अल्टाभायोलेटको स्टलमा अवलोकनकर्ताहरुको उपस्थिति बाक्लिएको देखिन्छ ।

अल्टाभायोलेटको स्टल सी१ मा रहेका अन्य बाइकका अतिरिक्त एफ७७ म्याच २ मोटरसाइकल विशेष चासोका साथ हेरिएको छ ।

एफ७७ म्याच २ को एभिएसन प्रेरित डिजाइनले आगन्तुकहरुलाई मोहित पारेको छ भने यसको अत्याधुनिक प्राविधिक क्षमताले सबैलाई प्रभावित बनाएको छ । यसले १५५ किलोमिटर प्रतिघण्टाको टप स्पिड, १०० एनएम टर्क र रेकन भेरिएन्टमा ३२३ किलोमिटरको आईडीसी प्रमाणित रेन्ज दिन्छ ।

अल्ट्राभायोलेटको स्वामित्वयुक्त एसआरबी–१० ब्याट्री प्रविधिले लामो दुरीको प्रदर्शन मात्र होइन, उन्नत थर्मल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक तथा सफ्टवेयर सुरक्षा तत्वहरु उपलब्ध गराउँछ ।

यो बाइकमा यो श्रेणीमै पहिलो पटक १ लाख किलोमिटर वा ५ वर्षको ब्याट्री वारेन्टी दिइएको छ ।

यो मोटरसाइकलमा १०–स्तरको डाइनामिक रिजेनेरेटिभ ब्रेकिङ, ४–स्रतको ट्रयाक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, स्विचेबल ड्युअल च्यानल एबीएस, हिल होल्ड तथा कनेक्सनयुक्त ५ इन्चको टीएफटी डिस्प्ले जस्ता सुविधा छन् । यी सबैले चालकको सुरक्षा र अनुभवलाई प्रिमियम स्तरमा पु¥याउने बताइएको छ ।

यसमा भएको ब्याट्री विशेष गुणस्तरीय छ । यसलाई अझै स्मार्ट बनाउन भायोलेट एआई स्मार्ट टेक इकोसिस्ट थपिएको छ, जसमा मुभमेन्ट तथा टोइङ अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउनन र रियल टाइमा डायग्नोस्टिक्स जस्ता सुविधा छन् ।

अल्ट्राभायोलेटका दुई नयाँ मोडल समेत नेपाली बजारमा भित्रिने भएका छन् । शैली र प्रदर्शन चाहने सहरी चालकका लागि प्रिमियम इलेक्ट्रिक स्कुटर टेसर्याक्ट र साहसिक तथा टिकाउ यात्राका लागि डिजाइन गरिएको अफरोड इलेक्ट्रिक डर्ट बाइक शकवेभ समेत नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यी दुवै मोडलको विस्तृत विवरण कम्पनीले पछि सार्वजनिक गर्ने बताएको छ । सन् २०२६ को पहिलो त्रैमासिकमा यी मोडल नेपाली बजारमा उपलब्ध गराउने तयारी रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म...

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी मोटर इन्डियाको आधिकारिक वितरकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...