जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर
काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि...
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत चाइनिज कारको क्रेज बढ्दो छ ।
सेप्टेम्बर महिनामा बेलायतमा बिक्री भएका टप १० कार मध्ये ३ मोडल चाइनिज कार ब्रान्ड छन् । अटो एक्सपर्टका अनुसार यसले बजारको सन्तुलनमा व्यापक परिवर्तन ल्याउने सम्भावना देखिएको छ ।
यसरी टप १० लिस्टमा पर्न सफल चाइनिज ब्रान्डहरु बीवाईडी, जेको र एमजी हुन् । यी मध्ये सबैभन्दा टप सूचीमा पर्न सफल चाइनिज मोडल जेको ७ एसयूभी हो । यो चौथो नम्बरमा परेको छ । जेको भन्दा पहिले किया स्पोर्टेज, फोर्ड पुमा र निसान कासकाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा परेका छन् । त्यसैगरी बीवाईडी सिल यु छैटौं र एमजी एचएस आठौं नम्बरमा परे ।
बेलायतमा सेप्टेम्बर महिनामा जेको ७ एसयूभी ६ हजार ४८९ युनिट बिक्री भए भने बीवाईडी सिल यु ५ हजार ३७३ युनिट बिक्री भए । त्यसैगरी एमजी एचएस ५ हजार १७३ युनिट बिक्री भएका छन् ।
यी मध्ये टप १० को सूचीमा बीवाईडी पहिलो पटक उक्लिएको हो । टेस्लासँगको कठिन प्रतिस्पर्धाको अवस्थामा पनि बीवाईडीले यो उपलब्धि हासिल गरेको हो ।

चाइनिज ब्रान्डले बेलायतमा १० प्रतिशत भन्दा बढी बजार हिस्सा लिएको बताइएको छ । जेको पहिलो पटक टप ५ स्थानमा उक्लिन सफल भएको हो भने यसको सहायक कम्पनी ओमोडा एन्ड जेकोले सबैभन्दा तीव्र गतिमा बढिरहेको ब्रान्डको रुपमा अर्को उपलब्धि हासिल गरेको छ ।
बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) को ताजा तथ्यांकअनुसार सेप्टेम्बर महिनामा ब्याट्री ईभी (बीईभी) को बिक्री झन्डै एक तिहाइले बढेर ७२ हजार ७७९ पुगेको छ भने प्लग–इन हाइब्रिड सवारीहरूको बिक्री अझ तीव्र गतिमा बढेको बीबीसीले जनाएको छ।
काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि...
काठमाडौं – भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला नेपाल भित्रिने...
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...