यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार

रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट । हेडलाइट बिना रातमा ड्राइभिङ गर्न असम्भव नै छ भन्न सकिन्छ । प्रविधिको विकाससँगै बजारमा धेरै प्रकारका हेडल्याम्पहरू उपलब्ध हुन थालेका छन् । के तपाईंलाई थाहा छ हेडलाइट कति प्रकारका छन् ?

हेलोजन हेडल्याम्प
हेलोजन हेडल्याम्प सबैभन्दा सामान्य प्रकारको हेडलाइट हो, जुन अझै पनि सवारी साधनहरूमा प्रयोग भइरहेका छन् । यो सबैभन्दा सस्तो हुन्छ र यसको लागि कुनै पनि जटिल प्रविधि आवश्यक हुँदैन । त्यसकारण यसको प्रयोग गर्न, फिट गर्न र रिप्लेस गर्न सजिलो हुन्छ । हेलोजन हेडल्याम्पले पहेंलो प्रकाश उत्सर्जन गर्छ ।

जेनोन हेडलाइट
यसलाई सामान्यतया एचआईडी पनि भनिन्छ । जेनोन हेडलाइटलाई सीएफएल मान्न सकिन्छ किनकि यसमा कुनै फिलामेन्ट हुँदैन । यसमा जेनोन ग्यास हुन्छ । एचआईडी हेलोजनको तुलनामा बढी शक्तिशाली हुन्छ । तर यसलाई आफ्नो अधिकतम चमकमा पुग्न केही समय लाग्छ ।

एलईडी हेडलाइट
एलईडी भनेको लाइट इमिटिङ डायोड हो । हाल यो हेडलाइट सबै सवारी साधनमा जडान हुन थालेका छन् । यसले कारमा ऊर्जाको बचत गर्छ र कुनै पनि आकारमा ढाल्न सकिन्छ । त्यसैले यसलाई एलईडी डेटाइम रनिङ ल्याम्पको रुपमा प्रयोग गरिन्छ ।

म्याट्रिक्स एलईडी
यो एलईडीको एड्भान्स भर्सन हो । यसको सबैभन्दा ठूलो फाइदा यो हो कि यसमा क्यामेरा प्रयोग गरेर अगाडि आउँदै गरेको सवारीलाई निरन्तर निगरानी गर्न र केही हदसम्म आउँदै गरेको प्रकाशलाई रोक्न सक्छ । जसका कारण कारमा बसेका चालकलाई उज्यालोमा पनि सजिलै देख्न सकिन्छ ।

लेजर लाइट
लेजर लाइट प्रिमियम कारहरूमा जडान गरिन्छ र यो धेरै महँगो हुन्छ । यसको सबैभन्दा ठूलो फाइदा भनेको यसको प्रकाश लामो दूरीसम्म फैलिन्छ ।

सम्बन्धित समाचारहरू

लुब्रिकेन्ट्सको प्लान्ट लगाउने तयारीमा सर्बो र एचपी, सत्यदिप ग्रुपको प्लान्ट अन्तिम चरणमा

लुब्रिकेन्ट्सको प्लान्ट लगाउने तयारीमा सर्बो र एचपी, सत्यदिप ग्रुपको प्लान्ट अन्तिम चरणमा

सवारीसाधन र बिभिन्न मेसिनरी उपकरणहरुमा प्रयोग हुने लुब्रिकेन्ट्सको...

सवारी साधनमा प्रयोग हुने ब्याट्रीको प्रकार, नयाँ प्रविधिका ब्याट्रीको माग उच्च

सवारी साधनमा प्रयोग हुने ब्याट्रीको प्रकार, नयाँ प्रविधिका ब्याट्रीको माग उच्च

सामान्यतः ब्याट्रीलाई यसको प्रयोगका आधारमा अटोमोटिभ र औद्योगिक गरी दुई...

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

हिजो राती धोविघाटमा भएको आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...