काठमाडौँ महानगरमा अव ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ सञ्चालन हुने

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले सवारी चापका कारण एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न मोटरसाइकल एम्बुलेन्सको अवधारणा अघि सारेको हो ।

सडकमा हुने जामका कारण एम्बुलेन्स अड्किँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल घटनास्थलमा स्वास्थ्यकर्मी पुगेर प्राथमिक उपचार सुरु गर्न यो विकल्प रोजिएको हो ।

उनले प्रविधिमैत्री सेवामा जोड दिँदै बिरामीका आफन्तले एम्बुलेन्स कहाँ आइपुग्यो र त्यसमा को–को स्वास्थ्यकर्मी छन् भन्ने कुरा मोबाइलबाटै हेर्न मिल्ने प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । आपतकालीन अवस्थामा प्रि–हस्पिटल मेडिकल सर्भिसलाई वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक अध्ययन गरी संयन्त्र निर्माण गरिने उनले स्पष्ट पारिन् ।

काठमाडौं महानगरपालिकाले २०७६ वैशाखदेखि नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा यो सेवा सञ्चालन गर्दै आएको छ । यस अवधिमा महानगरले १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ भने ८४ हजार ४ सय ८९ जना बिरामीले प्रत्यक्ष सेवा पाएका छन् ।

सम्बन्धित समाचारहरू

फेस्टिभ सिजनमा बाइक किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

फेस्टिभ सिजनमा बाइक किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

फेस्टिभ सिजन सुरु भइसकेको छ । यो सिजनमा सवारीसाधनमा ठुलो छुटको व्यवस्था...

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

भारतमा अब यूएसडी फोर्क मोटरसाइकल सस्तो मूल्यमा पनि उपलब्ध हुन थालेका छन्।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...