निसान किक्स बन्न सक्छ दशैंको गाडी : फेस्टिभ ड्राइभ अफरमा लिन सकिन्छ यसरी
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट नेपाल भित्रिएको २ वर्ष पुरा भएको अवसरमा विशेष अफर उपलब्ध गराउने भएको छ ।
निसान म्याग्नाइट किन्न चाहने ग्राहकका लागि निसानका देशभर रहेका शोरुममार्फत आकर्षक नगद छुट उपलब्ध हुने भएको छ । यसका साथै निःशुल्क इन्स्योरेन्स र निःशुल्क सडक कर उपलब्ध हुनेछ ।
निसानका विभिन्न मोडलमा ग्राहकले उपलब्ध गराउने डाउन पेमेन्टका आधारमा फरक फरक रकम छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । निसानका गाडीमा ३ वर्ष वारेन्टी र ३ वर्ष निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध छ ।
सो अफर आगामी चैत ५ सम्म मात्र उपलब्ध हुनेछ ।
निसान म्याग्नाइट नेपाली बजारमा निकै नै रुचाइएको सवारी साधन हो । यद्यपि ग्राहकको माग अनुसारको संख्यामा कम्पनीले सो गाडी उपलब्ध गराउन सकेको छैन । अहिले पनि बुकिङ गर्ने ग्राहकले करिव १ महिना डेलिभरीका लागि पर्खिनु पर्नेछ ।
नेपालमा २०७७ सालको फागुन दोस्रो साता यो गाडी औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । यो २ वर्षको अवधिमा २ हजार भन्दा बढी निसान म्याग्नाइट नेपाली बजारमा बिक्री भएको पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले बताए । यद्यपि नेपाल भित्रिएको शुरुमै कम्पनीले माग गरिए बमोजिमको संख्यामा गाडी उपलब्ध गराउन सकेको थिएन । त्यसैगरी पछिल्लो समयमा भएको आयात प्रतिबन्धले समेत यसमा असर पुगेको चन्दले बताए ।
निसान म्याग्नाइटको मूल्य
नेपाली बजारमा हाल म्याग्नाइट र म्याग्नाइट टर्बो समेत गरी ११ भेरिएन्ट उपलब्ध छन् । यी मध्ये म्याग्नाइटको बेस भेरिएन्ट ‘एक्सई’ को मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ ।
त्यसैगरी एक्सएल मिडको मूल्य ३६ लाख ९९ हजार र एक्सभी अपरको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ ।
एक्सभी अपर (ड्युअल) को मूल्य ४० लाख ३४ हजार, एक्सभी प्रिमियमको मूल्य ४३ लाख ४९ हजार र एक्सभी प्रिमियम (ड्युअल) को मूल्य ४३ लाख ८४ हजार रुपैयाँ छ ।
म्याग्नाइट टर्बो विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४१ लाख ९९ हजार देखि ४८ लाख ८४ हजार रुपैयाँ सम्म छ ।
यस्तो छ निसान म्याग्नाइटको विशेषता
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित...
निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ ।...
काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...