हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन चलाउन नपाइने

काठमाडौं - काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा गरेका छन्स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ।

सम्बन्धित समाचारहरू

धानखोला-लमही सडक खण्ड स्तरोन्नति शुभारम्भ, फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदै

धानखोला-लमही सडक खण्ड स्तरोन्नति शुभारम्भ, फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदै

दाङ । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमी लामो धानखोला – लमही...

यात्रालाई सुरक्षित र सहज बनाउन हरेक चालकलाई आवश्यक पर्छ यी १० सामान

यात्रालाई सुरक्षित र सहज बनाउन हरेक चालकलाई आवश्यक पर्छ यी १० सामान

हरेक कार मालिकका लागि गाडी केवल यात्राको साधन मात्र होइन, एक साथी पनि हो,...

चल्न थाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन

चल्न थाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन

काठमाडौं – जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...