नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं – गत साता नेपाली बजारमा दुई शक्तिशाली ब्रान्डका एसयूभी नेपाली बजारमा भित्रिए । दुवै ब्रान्डका एसयूभीलाई ती एसयूभी उत्पादक कम्पनी अवस्थित देशका राजदूतहरुले नेपाली बजारमा सार्वजनिक गरे ।
गत आइतबार फक्सवागनको नयाँ गाडी टाइगुन नेपाली बजारमा सार्वजनिक भयो । फक्सवागन जर्मन ब्रान्ड हो । सो एसयूभी संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले सो एसयूभी सार्वजनिक गरे ।
त्यसैगरी बिहीबार नेपाली बजारमा जिपको महंगो एसयूभी -यांगलर भित्रिएको छ । एक कार्यक्रमका बीच अमेरिकी राजदूत -यान्डी बेरीले सो एसयूभी नेपालमा सार्वजनिक गरे ।
जर्मन ब्रान्ड फक्सवागन र अमेरिकी ब्रान्ड जिप दुवै प्रिमियम ब्रान्ड मानिन्छन् । यद्यपि हालै नेपाली बजारमा सार्वजनिक गरिएका मध्ये फक्सवागनको टाइगुन कम मूल्यको एसयूभी मानिन्छ भने जिप -यांगलर भने महंगो एसयूभी हो । टाइगुनको मूल्य ५० लाख ९० हजार देखि ७० लाख ९० हजार रुपैयाँ सम्म छ भने जिप -यांगलरको मूल्य २ करोड ६७ लाख देखि २ करोड ७९ लाख रुपैयाँ सम्म छ ।
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडल जस्तै टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।
टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनी विश्वस्त भएको बताएको छ ।
नेपालमा एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल्सले जिप ब्रान्डका गाडी बिक्री–वितरण गर्छ । नेपाली बजारमा तीन विभिन्न भेरिएन्टमा जिप -यांगलर उपलब्ध हुनेछ । जिप -यांगलर अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ छ । त्यसैगरी -यांगलर रुबिकनको मूल्य २ करोड ६८ लाख र -यांगलर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा २ ढोका भएको र ४ ढोका भएको गरी दुई प्रकारको जिप -यांगलर उपलब्ध हुनेछ । यी गाडीमा ८–स्पिड अटोमेटिक सहित २.० लिटर टर्बो पेट्रोल इन्जिन छ । यी सबै गाडी ट्रायल–रेटेड हुन् र ४ वटा लो मोड तथा ७० भन्दा धेरै सेफ्टी फिचर सहित उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...