२ वर्षमा २ लाख रुपैयाँसम्मले बढ्यो रेनो क्विड फेसलिफ्टको मूल्य

इन्ट्रि लेवल ह्याचव्याकमा लोकप्रियता कमाएको रेनो क्विड नेपाल भित्रिएको ५ वर्ष पूरा भएको छ । शुरुवातमा ८ सय सिसी क्षमताको इन्जिन जडित क्विड नेपाल भित्रिएको थियो । त्यसपछि २०७७ साल भदौ महिनामा यसको फेसलिफ्ट मोडल नेपाल आएको थियो ।

२ वर्षअघि नेपाल भित्रिएको यसको फेसलिफ्ट मोडलमा रेनोले १.० बिएस६ इन्जिन जडान गरेको थियो । नेपालका लागि आधिकारिक वितर एड्भान्स अटोमोवाइलले यसको टप तीन भेरियन्ट आरएक्सटी (ओ), क्लाइम्बर र अटोमेटिक भेरियन्ट नेपाल ल्याएको थियो । जुन हालसम्म पनि कारोवार भैरहेको छ ।

नेपाल भित्रिदा आरएक्सटी (ओ) भेरिएन्टको २४ लाख ९९ हजार, क्लाइम्बरको २५ लाख ९९ हजार र अटोमेटिक भेरिएन्टको मूल्य २६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको थियो । जुन अहिले बढेर क्रमश २६ लाख ७९ हजार, २७ लाख ८९ हजार र २८ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यी तीन भेरिएन्टमध्ये सबैभन्दा बढी अटोमेटिकमा २ लाख रुपैयाँ वृद्धि भएको छ भने आरएक्सटी (ओ) मा १ लाख ८० हजार क्लाइम्वरमा १ लाख ९० हजार बृद्धि भएको छ । २ वर्षको यो अवधीमा पटकपटक गरी मूल्य बृद्धि गरिएको हो ।

यस्तो छ यो कार
एसयूभी प्रेरित लुक्स दिइएको यो कारमा जडान गरिएको ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ । यसमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडलल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस दिइएको छ । क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

यो कारको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टम लगायत फिचर्स पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

रेनोले ल्यायो क्विडको १० औं वार्षिकोत्सव संस्करण, यस्तो छ विशेषता

रेनोले ल्यायो क्विडको १० औं वार्षिकोत्सव संस्करण, यस्तो छ विशेषता

रेनोले भारतमा क्विडको १० औं वार्षिकोत्सव संस्करण सार्वजनिक गरेको छ । ५००...

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...