२ घण्टामा फुल चार्ज, २ ब्याट्री अप्सन, २४० किमी रेन्जको इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘ब्राभो’ भित्रिएको छ । जम्बो मोटर्सले हालै सो भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर भित्र्याएर टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको छ ।

२ घन्टामा फुलचार्ज हुने र २४० किलोमिटर सम्मको माइलेज दिने सो स्कुटर छिट्टै बिक्री–वितरण समेत शुरु गर्ने कम्पनीले जनाएको छ । ​ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध छ ।

ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा २० एम्पियर ७२ भोल्ट र ४० एम्पियर ७२ भोल्टको गरी दुई भेरिएन्टको ब्याट्री पाउन सकिन्छ ।

कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरिएन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

स्कुटरमा टीएफटी डिस्प्ले, किलेस स्टार्ट,वााइडर टायर, टेलिस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् ।

जम्बो मोटर्सले हाल यो स्कुटरको परीक्षण मात्र चलिरहेको र केही समय पश्चात औपचारिक रुपमा यसको मूल्य समेत सार्वजनिक गर्ने जनाएको छ । यसको मूल्य ३ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।

जम्वो मोटर्स हेटौडाका व्यावसायिक ग्रुपले संचालन गरेको कम्पनी हो । जम्वो मोटर्स अन्तर्गत कम्पनीले ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्टिक स्कुटर विक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

पोखरा – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा...

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...