लकडाउन र निषेधाज्ञा पश्चात भित्रिए दुई मोडलका मोटरहेड बाइक, पुरानै मूल्यमा उपलब्ध

काठमाडौं – नेपाली बजारमा लकडाउन र निषेधाज्ञा पश्चात पहिलो पटक मोटरहेडका दुई मोडलका बाइक टेक्कन २५० र एमएच २०० भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले तिहारको लक्ष्मी पुजाका दिन यी बाइक आइपुगेको बताएको छ ।

नेपाली बजारमा यी दुई मोडलका बाइकको माग भए पनि कम्पनीले आवश्यकता अनुसार उपलब्ध गराउन सकेको थिएन । बुकिङ खुला गरिएको र धेरै राइडरहरु यी बाइकको प्रतीक्षामा थिए ।

यी दुई बाइकलाई पहिलेकै मूल्यमा उपलब्ध गराइएको छ । टेक्कन २५० को मूल्य ३ लाख ९२ हजार रुपैयाँ छ भने एमएच २०० को मूल्य ३ लाख ७२ हजार रुपैयाँ छ । टेक्कन अफरोड र एमएच डर्ट बाइक हो ।

मोटरहेड टेक्कनमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा पावर भन्दा बढी टर्क भएको कारण जस्तोसुकै अफरोड र उकालो बाटोमा सजिलै तान्दछ ।

बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ । सो बाइकले प्रति एक सय किलोमिटरमा २.१ लिटर मात्र इन्धन खपत गर्ने भएकोले धेरै इन्धन किफायती समेत छ । ६ स्पिड गियरबक्स भएको यो बाइकमा २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । जसले गर्दा जस्तोसुकै अफरोड बाटोमा मोटरसाइकल गुडाउँदा भुँइमा नछुने हुनाले इन्जिन पनि सुरक्षित हुन्छ ।

एमएच २०० मा भएको इन्जिनले १५ बीएचपी पावर र १५.५ एनएम टर्क जेनेरेट गर्छ । एमएच २०० बाइकमा १२ लिटर क्षमताको इन्धन ट्याङकी छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

एलइडी हेडलाईट रहेको बाइकको ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ भने हाइड्रोलिक ब्रेकिङ सिस्टम दिइएको छ ।

बाइकको अगाडि इन्भर्टेड सस्पेन्सन दिइएको छ भने, पछाडि मोनोसक दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक भएकोे उक्त बाइकले युवा पुस्ताको मन जित्ने कम्पनीले दाबी गरेको छ ।

यसको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको छ । कार्बुरेटर इन्जिन रहेको सो मोटरसाइकलले १६ एचपी पावर र १७ एनएम टर्क जेनेरेट गर्छ । ओडोमिटर र टेकोमिटर डिजिटल रहेको यो बाइकमा ट्रिपमिटर पनि दिइएको छ ।

एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले कोरोना महामारीको अवस्थामा ग्राहकहरुलाई सहज बनाउनका निम्ति ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको छ । सो स्किम अन्तर्गत १५ हजार सम्म नगद छुट साथै तेस्रो पक्ष बिमा, एक आर्थिक वर्ष २०७७।०७८ को कर छुट लगायत फुल हेल्मेट उपलब्ध गराइने कम्पनी स्रोतले जनाएको छ । उक्त अफर मोटरहेडको सबै डिलरहरुमार्फत प्राप्त गर्न सकिने छ ।

मोटरहेडका बाइकहरु यदि किस्तामा किन्न चाहेमा कमसेकम ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर आवश्यक सम्पूर्ण कागजात बुझाएमा पाइन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...