क्रुजर बाइक बजाज एभेन्जर र सुजुकी इन्ट्रयुडरको प्रतिस्पर्धामा टीभीएस जेप्लिन आर आउने

टीभीएसले नयाँ बाइक ‘जेप्लिन आर’ ल्याउने गरी ट्रेडमार्क दर्ता गरेको छ । यसबाट अब टीभीएसले बजाज एभेन्जर र सुजुकी इन्ट्रयुडर जस्ता क्रुजर बाइकसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ बाइक बजारमा ल्याउने पक्का भएको छ ।

टीभीएसले यस प्रकारको क्रुजर बाइक बजारमा ल्याउने चर्चा पहिले देखि नै चलेको हो । सबैभन्दा पहिले टीभीएसले अटो एक्सपो २०१८ मा टीभीएस जेप्लिन क्रुजर कन्सेप्ट मोडलको रुपमा सार्वजनिक गरेको थियो । त्यतिबेलै यस प्रकारको बाइक भविष्यमा आउने अनुमान गरिएको थियो । तर अब भने त्यतिबेला प्रचलित भन्दा केही फरक नाम जेप्लिन आर बजारमा आउने पक्का भएको छ ।

त्यतिबेला टीभीएसले सार्वजनिक गरेको कन्सेप्ट मोडलका आधारमा टीभीएसको अबको क्रुजर बाइक हाल बजारमा प्रचलित अन्य रेट्रो क्रुजर भन्दा केही फरक हुने अनुमान गरिएको छ । त्यतिबेला भनिएको कन्सेप्ट मोडलमा २२० सीसीको इन्जिन थियो । अब प्रोडक्सन भर्सनमा यो भन्दा ठूलो इन्जिन वा टीभीएसकै अपाचे आरआर३१० वा बीएमडब्ल्यु ३१० ट्विन्समा भए जस्तै इन्जिन हुन सक्ने अनुमान पनि गरिएको छ ।

त्यसैगरी जेप्लिन कन्सेप्टमा भए जस्तै यसमा पनि माइल्ड हाइब्रिड सिस्टम हुन सक्ने छ । यो सेगमेन्ट फर्स्ट फिचर हुनुका साथै यसले गर्दा इन्धन किफायतीपना बढाउन सहयोग गर्नेछ ।

टीभीएस जेप्लिन कन्सेप्टमा एलईडी लाइटिङ, अल–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र हेडल्याम्पमा माउन्ट गरिएको एक्सन क्यामेरा थियो । यस्ता आकर्षक फिचर यदि प्रोडक्सन भर्सनमा पनि आयो भने पक्कै पनि यसले यो सेगमेन्टमा बेन्चमार्क कायम गर्ने विश्वास गरिएको छ ।

जेप्लिन आरमा रियर मोनोसक सहित ४१ एमएम अपसाइड डाउन फोर्क्स अपफ्रन्ट हुनेछ । त्यसैगरी यसको दुवैतिर पेटल डिस्क ब्रेक र स्ट्यान्डर्ड ड्युअल च्यानल एबीएस पनि हुने अनुमान गरिएको छ ।

भारतमा यो अर्को वर्ष लन्च हुने र यसको मूल्य १ लाख ५० हजार भारु हुने अनुमान गरिएको छ । त्यसपछि यो बाइक नेपाली बजारमा पनि आउने र एक प्रकारको चर्चा ल्याउने अनुमान गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...