अपडेटेड २०२४ टीभीएस अपाचे आरआर ३१० मा नयाँ के छ, जान्नुहोस्
टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक...
टीभीएसको लोकप्रिय स्कुटर एनटर्क अब १५० सीसी इन्जिनमा पनि उपलब्ध हुने भएको छ । हाल १२५ सीसी इन्जिनमा मात्रै उपलब्ध यसको नयाँ मोडल ४ दिनपछि सेप्टेम्बर ४ मा लन्च हुने तय भएको हो ।
स्कुटर लन्च हुने मितिभन्दा अगाडि कम्पनीले एनटर्क १५० को नयाँ टिजर सार्वजनिक गरेको छ । हेडल्याम्प क्लस्टरको झलक प्रदान गरिएको उक्त टिजरअनुसार, यसमा क्वाड–एलईडी सेटअपको साथ नयाँ टी आकारको हाउजिङ रहेको देखिन्छ ।
एनटर्क १५० मा ब्लुटुथ कनेक्टिभिटीको साथ डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल जस्ता अन्य उन्नत सुविधाहरू पनि हुने अपेक्षा गरिएको छ ।
हालको १२५ भन्दा फरक देखिन यस स्कुटरको डिजाइनलाई थप स्पोर्टी बनाइएको छ । जसका लागि दुबै चक्कामा ठूला ह्विलहरु राखिने अनुमान गरिएको छ । स्कुटरको मेकानिकल विवरणहरु हालसम्म पनि गोप्य राखिएको भएपनि यस नयाँ स्कुटरले एकदमै शक्तिशाली इन्जिन पाउने अपेक्षा गरिएको छ ।
एनटर्क १५० ले यामाहा एरोक्स १५५, हिरो जुम १६० र अप्रिलिया एसआर १६० लगायत मोडलसंग प्रतिस्पर्धा गर्नेछ । सो नयाँ स्कुटर भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय बाइक सिरिज अपाचेको २० वर्ष पूरा भएको...
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...