टीभीएसले आकर्षक लुकसहितको इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक
टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर...
काठमाडौं – टीभीएसको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले स्ट्राइकर १२५ को नयाँ संस्करण सार्बजनिक गरेको छ । काठामाडौंको भृकुटीमण्डपमा जारी ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ को अवसरमा नयाँ मोटरसाइकल लन्च गरिएको हो ।
नयाँ स्ट्राइकर १२५ मा सुविधाजनक लक की, युएसबी चार्जिङ पोर्ट, नयाँ रेसिङ लाइनिङ, ड्युल स्प्रिङ सस्पेन्सन, डिजिटल स्पिडोमिटर, रोपेटल डिस्क ब्रेक, एलईडी टेललाइट र स्टाइलिस ट्याङ्क डिजाइन जस्ता महत्वपूर्ण विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई अझ आकर्षक बनाएको छ ।
१२५ सिसी क्षमताको इन्जिन जडित यस नयाँ संस्करणको मुल्य नेपाली बजारमा २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । उत्कृष्ट पावर तथा पर्फमेन्स, उच्चतम मााइलेज र प्रतिस्पर्धात्मक मुल्य जस्ता विशेषताका कारण यसले नेपाली बजारमा छिट्टै सफलता पाउने कम्पनीको भनाई छ ।

जगदम्बा मोटर्सले जेठ ७ गतेदेखी भृकुटीमण्डपमा बृहतर एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । मेलामा ८ हजार सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरूका साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने व्यवस्था उपलब्ध गराइएको छ ।
मेलामा टीभीएसका विभिन्न सेग्मेन्टका मोडलहरू प्रदर्शन गरिएका छन् । प्रिमियम सेग्मेन्टमा टीभीएस रोनिन र टीभीएस अपाचे सिरिजका बाइकहरु समावेश छन् । कम्युटर सेग्मेन्टमा टीभीएस रेडर, टीभीएस रेडियन र टीभीएस स्ट्राइकर तथा स्कुटर सेग्मेन्टमा लोकप्रिय टीभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा पूर्णरूपमा विद्युतीय टीभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ । मेला भोली १२ गतेसम्म जारी रहनेछ ।
टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर...
नयाँ आरपी मोनिकरको टिजर सार्वजनिक गरेको दुई दिनमै टीभीएसले नयाँ मोटरसाइकल...
काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...