काठमाडौं – नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस स्मार्ट एक्सचेन्ज अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर साट्न सक्ने छन् ।
काठमाडौं उपत्यकाका सम्पूर्ण शोरुमहरुमा एक साथ कम्पनीले यो अफर सुरु गरेको हो । चैत २ गते सोमबार सुरु अफर चैत १३ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
यसरी एक्सचेन्ज गर्दा पुरानो स्कुटरमा थप १२ हजार र बाइकमा १५ हजार थप मूल्यांकन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यी वाहेक ग्राहकले सिधै नगदमा खरिद गर्न चाहेमा बाइकमा १० हजार र स्कुटरमा ७ हजार रुपैयाँ छुट प्राप्त हुनेछ ।
ग्राहकले फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा बाइक वा स्कुटर खरिद गर्न सकिने व्यवस्था समेत रहेको छ । यसका लागि ग्राहकले न्यूनतम ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउनु पर्नेछ भने बाँकी रकम १८ महिनमा मासिक किस्ताको रुपमा बुझाउन सकिन्छ ।
नेपाली बजारमा उपलब्ध टीभीएसका बाइक वा स्कुटरको मूल्य सूची
यहाँ हेर्न सकिन्छ ।