टीभीएसको छैटौं हप्ताका विजेता बने पोखराका नारायण हरी तिवारी, अग्रवालले गरे घोषणा

काठमाडौं – पोखराको बतास ब्रदर्सबाट टीभीएस एनटर्क स्कुटर किनेका नारायण हरी तिवारीले फेरि टीभीएसकै अर्को बाइक अपाचे आरआर ३१० जितेका छन् । उनले छैटौं हप्ताको लक्की ड्रमार्फत सो बाइक जितेका हुन् ।

टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले हाल सञ्चालन गरिरहेको ‘टीभीएस दसैंको आशा’ स्किम अन्तर्गत उनले सो बाइक जितेका हुन् । जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवालले लाइभ कार्यक्रममार्फत सो घोषणा गरेका हुन् ।

सो अवसरमा अग्रवालले नेपालमा जगदम्बा मोटर्स र टीभीएसबीच सहकार्यको छैटौं वर्षमा प्रवेश गरिरहेको र छैटौं हप्ताको विजेता घोषणा गर्न पाउदा खुसी लागेको बताए ।

टीभीएसका सर्भिस, स्पेयर पार्ट्स र प्रोडक्टमा सबैका लागि रेन्ज नेपालमा उपलब्ध गराइरहेको र यसबाट गृहिणी देखि व्यवसायी सम्म खुसी भएको बताए । समय सापेक्ष बजार स्किम ल्याइरहेको र कोभिडको समयमा पनि ग्राहकलाई सहुलियत दिनका लागि दसैंको आशा नामक स्किम ल्याएको उनले बताए । उनले सो स्किम अन्तर्गत ग्राहकले टीभीएसका बाइक वा स्कुटर किन्नै पर्ने भन्ने नभएको र नकिन्नेहरुले पनि बाइक जित्न पाउने तथा यो भन्दा पहिले एक जनाले यस्तो अवसर पाइसकेको बताए ।

‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...