बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याइएको बताएको छ ।
कार्तिक १ गते घटस्थापनामा महालक्ष्मीस्थान, सानो भ-याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टीभीएसका १३२ वटा शोरुम पुगेको कम्पनीले बताएको छ ।
नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले टीभीएसका थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सहितका यी नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टीभीएसको प्रोडक्ट पुगेको बताउदै नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले टीभीएस अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको बताए । उनले अब ‘एक घर एक टीभीएस‘ मात्र होइन ‘एक व्यक्ति एक टीभीएस’ बनाउने लक्षका साथ आफूहरुलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पु-याउने बताए ।
अहिले टीभीएसले अपाचे सिरिज, स्ट्राइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, जुपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरिएन्टमा बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...