बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएसले ४ नयाँ बाइक ल्याउने तयारी गर्दैछ । कम्पनीले सो बाइकको नाम रिट्रोन, राइडर, फिएरो १२५ र जेप्लिन आर रजिष्ट्रेसन गराएको छ । चार मोडल फरक फरक सेगमेन्ट र रेन्जको हुनेछ ।
टीभीएस रिट्रोन
यो कम्पनीको नयाँ इलेक्ट्रिक स्कुटर हुने सम्भावना रहेको छ । सो स्कुटर कम्पनीको इन्ट्रि लेबल बाइक रेडिअनको रेट्रो क्लासिक मोडल हुन सक्छ ।
टीभीएस राइडर
कम्पनीले नयाँ एड्भेन्चर टुरर बाइकमा पनि काम गरिरहेको छ । जसको नाम टीभीएस राइडर राखेको छ । सो बाइकले हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्नेछ । सो बाइकमा एड्जस्टेबल सस्पेन्सन हुने सम्भावना रहेको छ । जसलाई अफ रोडिङमा प्रयोग गर्ने सकिन्छ । यसमा स्पोक्ड ह्विल, ड्युअल पर्पज टायर र उच्च ग्राउन्ड क्लियरेन्स हुनेछ । सो बाइकमा २०० सीसीको इन्जिन समावेश हुनेछ ।
टीभीएस फिएरो १२५
टीभीएस कम्पनीले सो नयाँ बाइकमा १२५ सीसीको इन्जिन समावेश गर्नेछ । सो सेगमेन्टमा हालसम्म टीभीएसको कुनै बाइक अफर गरिएको छैन । सो बाइकको होन्डा एसपी १२५ र बजाज पल्सर १२५ सँग प्रतिस्पर्धा हुनेछ ।
टीभीएस जेप्लिन आर
सो बाइकको माध्यमले कम्पनी क्रुजर सेगमेन्टमा प्रवेश गर्दैछ । सो बाइक जावा क्लासिक ३५०, होन्डा सीबी३५० र रोयल इन्फिल्ड मेटियर ३५० सँग प्रतिस्पर्धा गर्नेछ । यसमा २५० सीसी वा ३१० सीसीको पावरफुल इन्जिन समावेश हुनेछ । कम्पनीले सो बाइकको कन्सेप्ट मोडल २०२० अटो एक्सपोमा प्रदर्शन गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...