टीभीएस एनटर्क किन्ने कि होन्डा ग्राजिया ? यस्ता छन् फिचर र मूल्य

पछिल्लो समय चर्चामा रहन सफल स्कुटर हुन् टीभीएस एनटर्क र होन्डा ग्राजिया । १२५ सीसी क्षमताका यी स्कुटरमा उपलब्ध पावर तथा पर्फमेन्स समान भएपनि फिचर्सको मामलामा एनटर्क अगाडि छ । स्मार्ट कनेक्ट फिचर्स उपलव्ध गराइएको एनटर्कको पावर र टर्क समेत ग्राजियाको तुलनामा केही बढी छ । हेरौ यी दुई स्कुटरमा उपलव्ध पावर, पर्फमेन्स फिचर्स र मूल्य ।

पावर तथा पर्फमेन्स
यी दुबै स्कुटरमा १२५ सीसी क्षमताको बीएस ६ इन्जिन जडान गरिएको छ । होन्डा ग्राजियाको अधिकतम पावर ८.१४ बिएचपी र टर्क १०.३ एनएम रहेको छ । त्यसैगरी एनटर्कको अधिकतम पावर ९.१ बिएचपी र टर्क १०.५ एनएम रहेको छ । समान इन्जिन क्षमताको यी दुई बाइकको पावर र टर्कको तुलना गर्दा एनटर्क ग्राजिया भन्दा अगाडि रहेको पाइन्छ ।

माइलेजको कुरा गर्दा होन्डा ग्राजियाले प्रतिलिटर इन्धनको खपतमा ४५ किलोमिटर र एनटर्कले ४२ किलोमिटर दिने दाबी गरिएको छ । त्यसैगरी टपस्पिड समेत ग्राजियाको तुलनामा एनटर्कको बढी छ । होन्डा ग्राजिया प्रतिघन्टा ८८ किलोमिटरको गतिमा गुड्न सक्छ भने एनटर्कले ९५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा गुड्न सक्छ । ग्राउन्ड क्लियरेन्सको मामिलामा भने एनटर्क भन्दा ग्राजिया अगाडि छ । एनटर्कको ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेकोमा ग्राजियाको भने १७१ एमएम रहेको छ । टीभीएस बाइककै झल्को दिने स्मुथ आवाजका कारण पनि एनटर्क पछिल्लो समय लोकप्रिय बनिरहेको छ ।

फिचर्स
एनटर्कमा ड्युअल कलर टोन दिइएको छ, जसले स्कुटरको लुक्समा निखार ल्याउनुको साथै डिजाइन स्पोर्टी देखिन्छ । रेसिङ डाटा, ल्याप समय, फ्युल लेबल, स्पिडसँगै इन्जिनको तापक्रमको जानकारी स्क्रिनमै हेर्न सकिन्छ ।

स्कुटरमा रहेको ‘लो फ्युल वार्निङ’ इन्डिकेटरले रिजर्वमा आएपछि कति दूरी पार गरेको छ भन्ने देखाउँछ । हेलमेट लगाउन भुल्नेहरूलाई स्कुटरले सचेत गराउँछ । हेल्मेट नलगाई स्कुटर स्टार्ट गरेको खण्डमा डिस्प्लेमा हेल्मेटको आइकन आउँछ । स्कुटरमा १२ इन्चको अलोय ह्विल दिइएको छ ।

यसमा एलइडी डे टाइम रनिङ लाइट्स उपलब्ध छ । सिटमुनिको स्टोरेज क्षमता ठूलो छ । इन्धन भर्ने ट्यांकीको मुख बाहिरै राखिएको छ । जसका कारण पेट्रोलपम्पमा पुगेर तेल भर्ने वेलामा स्कुटरबाट झर्ने र सिट खोलेर ट्यांकीको बिर्को निकाल्ने झन्झट गर्नुपर्दैन । मोबाइल चार्जिङ सुविधाका लागि चार्जिङ पोर्ट समेत दिइएको छ ।

त्यसैगरी, यो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी सुविधा छ । जसलाई चालकको मोबाइलसँग कनेक्ट गरेपछि कन्सोल मिटरमा मोबाइलका एप्लिकेसन देख्न सकिन्छ । स्कुटरको डिजिटल कन्सोलले स्कुटर कहाँ जाँदै छ, कहाँ पुगियो र पुग्न लागेको ठाउँ कति टाढा छ भन्ने देखाउँछ । यसबाट चालकलाई गन्तव्यमा पुग्ने समय यकिन गर्न मद्दत मिल्छ ।

स्कुटरको कन्सोल र मोबाइलको ब्लुटुथ कनेक्ट भएपछि कसको फोन आइरहेको छ, कन्सोलमा देखिन्छ । फोन आएपछि गोजीबाट झिकेर हेर्नुपर्दैन । स्कुटरको कन्सोलमा अन्तिम पटक पार्किङ भएको ठाउँबाट स्कुटर कति टाढा पुग्यो भन्ने समेत देखाउँछ ।

उता, होन्डा ग्राजियामा एलईडी हेडल्याम्प्स, १८ लिटर अन्डरसिट स्टोरेज, फुल्ली डिजिटल इन्ट्रयुमेन्ट क्लस्टरको साथमा ईको–स्पीड इन्डिकेटर, ग्लोब बक्सको साथमा युएसबी चार्जिङ सकेट र ४ इन १ लकको साथमा सिट ओपनिङ स्विच जस्ता फिचर्स रहेको छ । होन्डाले यो स्कुटरमा होन्डा इको टेक्नोलोजी प्रयोग गरेको छ । फिचर्सको मामलामा ग्राजिया भन्दा एनटर्क निकै नै मबजुत देखिन्छ ।

मूल्य तथा प्रतिस्पर्धा
समान सीसी इन्जिन क्षमता भएपनि स्कुटरमा उपलव्ध फिचर्स र पावर तथा पर्फन्सका आधारमा मजबुत देखिएको एनटकर्कको नेपाली बजार मूल्य ग्राजिया भन्दा केही बढी छ । ग्राजिया स्ट्यान्डर्ड र डीएलएक्स गरी दुई मोडलमा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख २१ हजार ९ सय र २ लाख ४१ हजार ९ सय रुपैयाँ पर्छ ।

एनटर्क चाहिं ड्रम, डिस्क र रेस एडिसनमा उपलब्ध छ । ड्रम र डिस्क भेरिएन्टको मूल्य क्रमशः २ लाख १५ हजार ९ सय र २ लाख ३९ हजार ९ सय रुपैयाँ छ भने रेस एडिसनको मूल्य २ लाख ५४ हजार र रेस एडिसन एफआईको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ छ ।

पछिल्लो सयम यी दुई स्कुटरबीच कडा प्रतिस्र्धा भइरहेको छ । यद्यपि यो प्रतिस्पर्धामा एनटर्कले ग्राजियालाई पछि पार्दै प्रिमियम सेग्मेन्ट अन्तर्गत नेपालमा सर्बाधिक बिक्री हुने स्कुटरको पहिचान बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...