बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएस एनटर्कको माग सेकेन्ड ह्यान्ड बजारमा बढ्न थालेको छ । स्कुटर सेग्मेन्टमा सर्बाधिक रुचाइएको एनटर्कको माग सेकेन्ड ह्यान्ड बजारमा बढेपनि रिकन्डिसन हाउसहरुमा पर्याप्त स्टक नहुँदा माग अनुसार बिक्री गर्न नसकिएको रिकन्डिसन व्यवसायी संघका अध्यक्ष दिनेश महतले बताए । उनका अनुसार यो स्कुटरमा युवा युवतीहरु बढी मात्रामा आकर्षित छन् ।
‘अहिले सेकेन्ड ह्यान्ड बजारमा सर्बाधिक खोजी गरिने स्कुटर मध्येमा एनटर्क पहिलो स्थानमा पर्न थालेको छ’ उनले भने, यसअघि होन्डा डिओ सर्बाधिक खोजिन्थ्यो तर अहिले आएर एनटर्क बढीमात्रामा खोजिन थालेको छ । यो स्कुटर नेपाल भित्रिएको खासै लामो समय नभएका कारण पनि सेकेन्ड ह्यान्ड बजारमा माग बमोजिम आउन नसकेको हो ।’ माग बढ्न थालेपछि रिसेल भ्यालु समेत बढ्न थालेको उनले बताए ।
महतका अनुसार अहिले काठमाडौका अधिकांश रिकन्डिसन हाउसहरुमा यो स्कुटरको अभाव कायमै छ । फाट्टफुट्ट मात्र आउने र आउने बित्तिकै बिक्री भइहाल्ने हुँदा ग्राहकले भनेकै मूल्यमा खरिद गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनी भन्छन, ‘अन्य ब्रान्डका स्कुटर महिनौसम्म राख्दा समेत बिक्री गर्न हम्मेहम्मे पर्ने समस्या छ । तर एनटर्कको हकमा ग्राहकले अग्रिम बुकिङ लिएर समेत खरिद गर्ने गरेका छन् ।’ आकर्षक लुक्स, उच्चतम पावर र स्मुथ आवाजका कारण ग्राहकहरु यो स्कुटरमा आकिर्षत हुन थालेको उनले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...