१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सम्पन्न गरेको छ ।

गत शनिबार आयोजना भएको उक्त राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको कम्पनली जनाएको छ ।

साथै एनओजी राइडमा उपस्थित १०० राइडरमाझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय रहेको कम्पनीको भनाई छ । स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । २०१८ मा नेपालमा लन्च भएयता यो स्कुटर १ लाख युनिट बिक्री भएको कम्पनी दावी छ ।

सम्बन्धित समाचारहरू

पहिलो एओजी नाइट राइड सम्पन्‍न

पहिलो एओजी नाइट राइड सम्पन्‍न

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र...

ड्युअल डिस्क र सिंगल च्यानल एबीएस भेरिएन्टमा पनि आयो टीभीएस रेडर, मूल्य कति ?

ड्युअल डिस्क र सिंगल च्यानल एबीएस भेरिएन्टमा पनि आयो टीभीएस रेडर, मूल्य कति ?

टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च गरेको छ । दुई ट्रिममा...

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा टीभीएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...