एनओजी राइडमा टीभीएस एनटर्कले दियो ७५.३८ किलोमिटर माइलेज

काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनटर्क ओनर्स ग्रुप(एनओजी) माइलेज टेस्ट सम्पन्न गरेको छ ।

शनिबार आयोजना भएको उक्त राइड टीभीएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । माइलेज टेष्टमा करिव ५० जना राइडरले भाग लिएका थिए ।

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता बनेका थिए । यसैगरी, ७५.३८ किलोमिटर माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटर पाउँदै सुमन देवकोटाले तेस्रो स्थान हासिल गरे । सबै राइडरलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखरा शोरुम, स्क्वायर मोटर्सका सञ्चालक बिनोदमान श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए ।

नेपालमा १ लाख एन टर्क बिक्री भएको उपलब्धि मनाउन तथा एन टर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउन राइड अयोजना गरिएको टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीले बताइन् । राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

सम्बन्धित समाचारहरू

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन

नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई...

मार्वल एडिसनको स्पाइडर म्यान सिरिजमा नेपाल आयो एनटर्क सुपर स्क्वाड

मार्वल एडिसनको स्पाइडर म्यान सिरिजमा नेपाल आयो एनटर्क सुपर स्क्वाड

काठमाडौं – नेपाली बजारमा टीभीएसको लोकप्रिय स्कुटर एन्टर्क अब सुपर स्क्वाड...

बुढानीलकण्ठमा रोपियो १०० विरुवा, टीभीएस आईक्युब ग्राहकले पार गरे ५० लाख किमीको माइलस्टोन

बुढानीलकण्ठमा रोपियो १०० विरुवा, टीभीएस आईक्युब ग्राहकले पार गरे ५० लाख किमीको माइलस्टोन

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...