एनओजी राइडमा टीभीएस एनटर्कले दियो ७५.३८ किलोमिटर माइलेज

काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनटर्क ओनर्स ग्रुप(एनओजी) माइलेज टेस्ट सम्पन्न गरेको छ ।

शनिबार आयोजना भएको उक्त राइड टीभीएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । माइलेज टेष्टमा करिव ५० जना राइडरले भाग लिएका थिए ।

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता बनेका थिए । यसैगरी, ७५.३८ किलोमिटर माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटर पाउँदै सुमन देवकोटाले तेस्रो स्थान हासिल गरे । सबै राइडरलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखरा शोरुम, स्क्वायर मोटर्सका सञ्चालक बिनोदमान श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए ।

नेपालमा १ लाख एन टर्क बिक्री भएको उपलब्धि मनाउन तथा एन टर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउन राइड अयोजना गरिएको टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीले बताइन् । राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

सम्बन्धित समाचारहरू

टीभीएसले नयाँ बाइक फिएरो१२५ लन्च गर्ने, यस्तो छ टिजर

टीभीएसले नयाँ बाइक फिएरो१२५ लन्च गर्ने, यस्तो छ टिजर

सस्तो बाइक निर्माणमा टीभीएस चर्चित कम्पनी हो । कम्पनीको लाइनअपमा रहेको...

भृकुटीमण्डपमा टीभिएसको एक्सचेन्ज मेला, यस्ता छन् छुट र सुविधा

भृकुटीमण्डपमा टीभिएसको एक्सचेन्ज मेला, यस्ता छन् छुट र सुविधा

काठमाडौं– टीभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

यसरी सम्पन्न भयो टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

यसरी सम्पन्न भयो टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपङ्क्तिमा टीभीएस  पनि पर्दछ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...