टीभीएसले ल्यायो इलेक्ट्रिक स्कुटर आईक्युब, ७८ किलोमिटर रेन्ज सहित यस्तो छ फिचर

आईक्युब इलेक्ट्रिक स्कुटर बुधबार दिल्लीमा लन्च गरिएको छ । कम्पनीले टीभीएस आईक्यब इलेक्ट्रिक स्कुटरको लागि ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । कम्पनीले चाँडै सो स्कुटर अन्य क्षेत्रमा पनि बिक्रीको लागि तयारी गर्दैछ । भारतीय बजारमा सो स्कुटर बजाज चेतक र अथर इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्लीमा सो स्कुटरको मूल्य १ लाख ८ हजार भारु तोकिएको छ । यसको एक्सशोरुम मूल्य १ लाख ३६ हजार ७७ भारु रहेको छ । टीभीएसको यो स्कुटर पहिले बैंग्लुरुमा मात्र उपलब्ध भएकोमा अब दिल्लीलगायत सबै स्थानमा क्रमशः उपलब्ध हुने भएको हो । 

टीभीएसको सो आईक्युब इलेक्ट्रिक स्कुटरमा ४.४ केडब्ल्युको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । सो इलेक्ट्रिक स्कुटर ४.२ सेकेन्डमा ४० किलोमिटर प्रतिघन्टाको स्पिडको रेन्ज लिने क्षमताको रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा २.२४ केडब्ल्युएच क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । फुल चार्जिङमा सो स्कुटरले ७५ किलोमिटरको दुरी तय गर्छ । उक्त व्याट्री फुल चार्ज हुनको लागि ५ घन्टाको समय लाग्छ ।

फिचरको लागि सो स्कुटर कम्पनीको नेक्स्ट जेनेरेशन टीभीएस स्मार्टएक्स्कनेक्ट प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । यसको साथै यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध रहेको छ ।

सो स्कुटरमा जियो फेसिङ, नेभिगेसन असिस्ट, रिमोट व्याट्री, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट÷एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड तथा रिजनरेटिभ ब्रेकिङ जस्ता इनोभेटिभ फिचर रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...