बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी टीभीएस ग्रान्ड एक्सचेन्ज मेला थप दुई दिन गरिने भएको छ । गत फागुन १३ देखि प्रारम्भ भएको सो मेला आज सकिने भए तापनि ग्राहकहरुको उत्साहजनक सहभागिताका कारण थप दुई दिन अवधि बढाइएको छ ।
नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको सो मेलामा कुनै पनि ब्रान्डका पुराना बाइक वा स्कुटरसँग टीभीएसको नयाँ बाइक वा स्कुटर साट्न सकिन्छ ।
उक्त एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँ सम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ । यसैगरी सुरुवाती १८ महिनासम्म शून्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। किस्ताबन्दीको ईएमआई चाहिँ ५ हजार १९१ देखि सुरु राखिएको छ।
साथै यस मेला अन्तर्गत मेला अगावै बुकिङ्ग गर्ने ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान सितैमा प्राप्त गर्नेछन् । यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्योरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...