नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै
काठमाडौं–नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको...
स्पोर्ट्स सेगमेन्टमा १२५ सीसी बाइकको बढ्दो लोकप्रियतालाई मनन गरी टीभीएस समेत १२५ सीसी बाइक लन्च गर्ने योजनामा रहेको संकेत देखिएको छ । हाल बजारमा बजाज, हिरो, होन्डा जस्ता कम्पनीका १२५ सीसीका स्पोर्ट्स बाइकको माग बढ्दो छ ।
टीभीएसले हालै फिएरो १२५ र टीभीएस फिएरो १२५ को ट्रेडमार्क दर्ता गराएको छ । यसका आधारमा केही नयाँ कुरा हुँदैछ भन्ने अनुमान धेरैले गरेका छन् ।
टीभीएसको सो नयाँ बाइकको नाम टीभीएस फिएरो १२५ हुने र अर्को वर्षको अगस्त महिना सम्म लन्च हुने अनुमान गरिएको छ । पहिले पनि फिएरो बाइक बजारमा उपलब्ध थियो । सुजुकी र टीभीएसको सहकार्यमा उपलब्ध सो बाइक भने १५० सीसी सेगमेन्टमा उपलब्ध थियो । तर पछि यसको उत्पादन बन्द गरिएको थियो ।
अब टीभीएसले बजाज पल्सर १२५, होन्डा सीबी साइन एसपी १२५ र हिरो ग्ल्यामर जस्ता १२५ सीसी बाइकलाई टक्कर दिने गरी टीभीएस फिएरो १२५ लन्च गर्न सक्ने छ । फिचरको मामिलामा यो अपग्रेडेड र अझै राम्रो हुनेछ ।
टीभीएस फिएरो १२५ मा एयरकुल्ड इन्जिन हुनेछ । सो इन्जिनले ९.३८ पीएसको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्नेछ । बीएस ६ मापदण्डयुक्त सो इन्जिनमा पाँच गियरबक्स हुनेछ भने अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक हुनेछ । आगामी दिनमा यसको वारेमा थप फिचर सार्वजनिक हुने नै छ ।
पहिले बजारमा उपलब्ध फिएरोमा आकर्षक हेडल्याम्प र भाइजर थियो । यसका आधारमा आगामी दिनमा आउने फिएरोको फ्रन्ट लुक पनि निकै नै आकर्षक हुने अनुमान गरिएको छ । यसका आधारमा फिएरोले अन्य कम्पनीका बाइकसँग प्रतिस्पर्धा गर्न सक्ने छ ।
टीभीएसले कुनै समयमा १२५ सीसी सेगमेन्टमा टीभीएस फ्लेम १२५ बाइक लन्च गरेको थियो । तर यो धेरै प्रचलित भएन । हाल १२५ सीसी सेगमेन्टमा बजाज पल्सरको धेरै चर्चा छ । त्यसैगरी होन्डा साइन र हिरो ग्ल्यामर जस्ता बाइक छन् । यदि टीभीएसले फिएरो १२५ ल्यायो भने पक्कै पनि नयाँ प्रतिस्पर्धि थपिने अनुमान गर्रिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...