बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – टीभीएस मोटर्सको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र अनलाइन पेमेन्ट कम्पनी ई–सेवाबीच सम्झौंता भएको छ ।
यस अन्तर्गत बडादसैंको अवसरमा गर्ने कुनै पनि भुक्तानी ई–सेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० टुभी जित्न सकिने योजना संचालनमा आएको छ ।
टीभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा ई–सेवासँगको साझेदारी गरेर ग्राहकलाई दसैंमा केही नयाँ दिने प्रयास गरेको जगदम्बा मोटर्सले जनाएको छ ।
टीभीएस नेपालमा तीव्र विस्तार हुँदै आएको ब्रान्ड भएको बताइएको छ । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।
अहिले टीभीएसले अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरिएन्ट, २०० फोर भीमा दुई भेरिएन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरिएन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...