बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएस मोटर्स कम्पनीले नयाँ अपाचे आरटीआर २०० ४भी लन्च गरेको छ । नयाँ मोडल नयाँ मेट ब्लु कलर अप्सनको साथमा उपलब्ध रहेको छ । नयाँ अपाचेमा विभिन्न सेगमेन्ट फर्स्ट फिचर समेत रहेका छन् ।
नयाँ अपाचेमा ३ राइडिङ मोड समावेश गरिएको छ । यसमा बाइक रेन, अर्बन र ट्रयाक मोड समावेश रहेको छ । सो मोड सजिलै स्विच गर्न पनि सकिन्छ । सो फिचर पहिला अपाचे आरआर३१०मा पनि समावेश गरिसकेको छ । मोड परिवर्तन गर्दा यसको पावर डेलिभरी पनि परिवर्तन हुन्छ ।
सो बाइकमा एड्स्टेबल फ्रन्ट सस्पेन्सन समावेश छ । बाइकमा सोवाको सस्पेन्शन युनिटको प्रयोग गरिएको छ । यो बाइकमा भएको सेगमेन्ट फर्स्ट फिचर हो । जसले राइडरलाई कम्फर्ट राइडिङ उपलब्ध हुन्छ ।
पहिलेकै बाइक जस्तो यसमा पनि स्मार्ट कनेक्ट सुविधा छ, जसको सहयोगले स्मार्टफोनको ब्लुटुथमार्फत कनेक्ट हुन सकिन्छ ।
कम्पनीले हालै प्रिमियम मोटरसाइकल टीभीएस अपाचेले ४० लाख युनिट बिक्री गरेको आँकडा पार गरेको घोषणा गरेको छ । विश्वभर सो बाइक ४० लाख भन्दा बढी युनिट बिक्री भइसकेको छ । भारतलगायत नेपालमा पनि सो बाइक निकै लोकप्रिय रहेको छ ।
भारतमा लन्च गरिएको यो बाइकको मूल्य अन्य बाइक भन्दा १ हजार भारु मात्र महंगो छ । नेपाली बजारमा पनि केही समय पश्चात यो बाइक उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...