बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज नेपाली बजारका लागि एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० ४भी सार्वजनिक गर्दैछ । भर्चुअल माध्यमको प्रयोग गरी जगदम्बा मोटर्सले सो कार्यक्रम आयोजना गर्ने बताएको छ ।
नेपाली बजारमा पहिले देखि नै विभिन्न भेरिएन्टका टीभीएस अपाचे आरटीआर १६० ४भी भए पनि अब भने नयाँ हाइटेक फिचर एबीएस र स्मार्ट कनेक्ट सहितको अपाचे आरटीआर उपलब्ध हुने भएको हो ।
एबीएसले सुपेरियर ब्रेकिङको लागि सहयोग पु-याउँछ । यसमा भएको स्मार्ट कनेक्ट एप प्रयोग गरी रेसरका विभिन्न प्यारामिटर रेकर्ड गर्न सकिन्छ । रेसरले टेलिमेट्री स्क्रोल गरी विभिन्न डाटा हेर्न सक्छन् ।
बाइकको स्टाइल पनि रेसिङ खालको छ । यसले रेसिङ स्टाइलको झलक दिन्छ । बाइकमा भएको रेसिङ डेकल्स, ग्राफिक्स र एग्रेसिभ तरिकाले बनाइएको हेडल्याम्पले यसलाई सम्भव बनाएको हो । यी सबैका कारण ट्रयाकमा यो रेस मेसिन जस्तो देखिन्छ । यसमा भएको एलईडी हेडल्याम्प पनि यस्तै प्रकारको छ ।
यसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ हुने बताइएको छ ।
नेपाली बजारका लागि टीभीएसले केही दिन पहिले मात्र यस्तै प्रकारले एबीएस र स्मार्ट कनेक्ट सहितको अपाचे आरटीआर २०० ४भी सार्वजनिक गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...