बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च भएको छ । हेर्दा पहिलकै अपाचे जस्तो देखिए पनि यसमा धेरै परिवर्तन गरिएको छ, जसले गर्दा यो सेगमेन्टकै पावरफुल बाइक बनेको छ ।
बाइकमा पहिलेकै १५९.७ सीसी, फोर भल्व, आयलकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ९२५० आरपीएममा १७.६३ पीएस पिक पावर र ७२५० आरपीएममा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यो भन्दा पहिले बजारमा उपलब्ध बीएस६ मोडलको अपाचे १६० फोरभीले ८२५० आरपीएममा १६.०२ पीएस पिक पावर र ७२५० आरपीएममा १४.१२ एनएम टर्क जेनेरेट गर्छ । यसको अर्थ पावर १.६१ पीएस बढेको छ भने टर्क ०.६१ एनएम बढेको छ । पावर करिव १० प्रतिशत र टर्क करिव ४.३ प्रतिशत बढेको छ ।
पावर बढेको कारण यो बाइक यो सेगमेन्टमा सबैभन्दा पावरफुल बाइक बनेको छ र पल्सर एनएस१६० लाई समेत जितेको छ । पल्सर एनएस१६० ले १७.२ पीएस पावर दिन्छ । यद्यपि यो सेगमेन्टमा रहेका यामाहा आर१५ र एमटी१५ लाई भने अझै भेट्न सकेको छैन ।
त्यसैगरी यो बाइक पहिले भन्दा २ किलोग्राम हलुका भएको समेत टीभीएसले बताएको छ । ड्रम ब्रेक भेरिएन्टको तौल १४५ किलोग्राम र डिस्क ब्रेक भेरिएन्टको तौल १४७ किलोग्राम छ । यसबाट ओभरल पर्फमेन्समा पनि सुधार आउने छ ।
पहिले जस्तै बाइकमा भएका ड्युअल टोन सिट, एलईडी हेडल्याम्प, क्ल स्टाइलको पोजिसन ल्याम्प आदि अहिले पनि उपलब्ध छन् । यो बाइक नाइट ब्ल्याक, रेसिङ रेड र मेटालिक ब्लु गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।
बाइकको मूल्य पनि पहिलेकै जस्तो छ । डिस्क ब्रेक भर्सनको मूल्य १ लाख १० हजार र ड्रम ब्रेक भर्सनको मूल्य १ लाख ७ हजार भारु तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...