अब देश सुरुङ युगमा प्रवेश, यी स्थानमा बन्दै छन् सुरुङ र अन्य मार्ग

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै विभिन्न योजना सार्वजनिक गरे । सो अवसरमा उनले उनले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालिएसँगै देश सुरुङ युगमा प्रवेश गरेको बताएका थिए । बजेटमार्फत उनले धेरै स्थानमा सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई वर्षभित्र सञ्चालनमा आउने र यसका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्न बजेट व्यवस्था गरिएको छ ।

काठमाडौं–कोटेश्वर खण्डको सवारी चाप व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा टोखा–छहरे–गुर्जुभन्ज्याङ, बेत्रावती–स्याफ्रुबेंसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण प्रारम्भ गरिने छ ।

पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाक्सिङ, पूर्वपश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ ।

भौतिक पूर्वाधारतर्फ १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रमुख सहरबीचको यात्रा अवधि अधिकतम दुई घण्टा हुने गरी समय र लागत घटाउन गतियुक्त सडक, सुरुङमार्ग, उचाइयुक्त पुल र एवं फ्लाइओभर निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहित चार लेनमा विस्तार गरिनेछ । कञ्चनपुर–कमला, कमला–ढल्केबर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिइनेछ । काँकडभिट्टा–इनरुवा, पथलैया–नारायणगढ, बुटवल–कोहलपुर र कोहलपुर–वनबासा खण्डको विस्तृत डिजाइन सम्पन्न गरी निर्माण थालिने छ । यसका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डका रूपमा निर्माण गरिने बताइएको छ । यसका लागि ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको चतरा–हेटौंडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । शान्तिनगर–धरान–भेडाबारी–धुलियाघाट–सुर्खेत खण्डको निर्माण थालिनेछ । बाँकी खण्डको रेखांकन र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण अघि बढाउन ३ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सक्ने अर्थमन्त्री पौडेलको दाबी छ । यसका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणलाई तीव्रता दिइनेछ । यसका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाई डेटिकेटेड डबल लेनमा स्तरोन्नति गर्न ७ अर्ब रुपैयाँ छुट्याइएको छ । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–कोदारी खण्ड स्तरोन्नति तथा विस्तार गर्न १ अर्ब १३ करोड विनियोजन गरिएको छ । गल्छी–स्याफ्रुबेंसी–रसुवागढी र काठमाडौं–विदुर सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गरिनेछ ।

सरकारले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले पुष्पलाल राजमार्ग ४ लेन बनाउन ८ अर्ब १३ करोड, मदनभण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड र हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आधादर्जन बढी रेलमार्ग निर्माण तथा अध्ययनका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वपश्चिम रेलमार्गसहित, जनकपुर–जयनगर, काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्म लगायत आयोजनाका लागि उक्त रकम विनियोजन गरेको हो ।

सम्बन्धित समाचारहरू

सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण

सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण

तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...

यस्ता गाडी प्रयोग गर्थे पूर्वराजा त्रिभुवन र महेन्द्रले : अब सबैले हेर्न पाइने

यस्ता गाडी प्रयोग गर्थे पूर्वराजा त्रिभुवन र महेन्द्रले : अब सबैले हेर्न पाइने

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार...

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

काठमाडौं – राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...