टीटी ग्लोबलले पोखरामा सुरु ग-यो धनतेरस ईभी कार्निभल

पोखरा – नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारको आधिकारिक वितरक सीजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल सुरु गरेको छ ।

पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेट एन्ड रेष्टुरेन्टमा उक्त कार्निभल आज सुरु भएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा क्षेत्रका विशिष्ट व्यक्तिहरुका बिच कार्यक्रम शुभारम्भ गरे ।

एकै ठाउँबाट ग्राहकहरुले सीजी मोटर्सका प्यासेन्जर गाडीहरुको टेष्ट ड्राइभ गरी गाडीको वारेमा बुझ्न र अनुभव गर्न पाउने टीटी ग्लोबल प्रालिका संचालक प्रमेश पराजुलीले बताए । यसका साथै आगामी दिनमा पहिलो पटक पोखरामा दायुन गाडीको विशेष समारोह बिच अनावरण गरिने उनले बताए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पुर्ण सुविधाहरु दिन लागिएको कम्पनीको भनाइ छ ।

इच्छुक ग्राहकहरुले‌ धनतेरस ईभी कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भी र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने छन् ।

इच्छुक ग्राहकहरुले उक्त कार्निभल मार्फत विभिन्न मोडलका गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निःशुल्क बिमा, चालु आर्थिक वर्षको निःशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनी एनटीडी इनर्जीले फोल्ड गर्न मिल्ने इलेक्ट्रिक कारको डिजाइन...

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...