पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...
ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी क्षमताको मोटरसाइकल ल्याउने तयारी गरेका छन् । रिपोर्टका अनुसार ट्रायम्फको नयाँ ३५० सीसी अप्रिल महिनामा लन्च हुन सक्ने अनुमान गरिएको छ ।
नयाँ ट्रायम्फमा ३५० सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिनमा आधारित हुने अपेक्षा गरिएको छ। यद्यपि यसको आधिकारिक पावर विवरण सार्वजनिक गरिएको छैन, तर यसले करिब ३० देखि ३५ बीएचपी पावर उत्पादन गर्ने अनुमान गरिएको छ। यसलाई ६ स्पिड गियरबक्ससँग जोड्न सकिनेछ।
रिपोर्टका अनुसार ३५० सीसीमा दुई मोडल समावेश हुन सक्ने अनुमान गरिएको छ, जसमा स्पिड र स्क्र्याम्बलर शैली रहनेछ । यसको डिजाइन हालका ४०० सीसी मोडलसँग मिल्दोजुल्दो हुने अनुमान छ। यसमा गोलाकार एलईडी हेडलाइट, टियर ड्रप आकारको इन्धन ट्याङ्की र प्रिमियम फिनिश जस्ता विशेषता कायम रहनेछ ।
ट्रायम्फको नयाँ मोटरसाइकलकाे ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्ड क्लासिक ३५०, रोयल इन्फिल्ड हन्टर ३५०, रोयल इन्फिल्ड बुलेट ३५०, होन्डा सीबी३५० र जावा येज्दी ब्रान्डका मोटरसाइकलसँग प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...
काठमाडौं – भारतमा केही समय पहिले लन्च भएको बजाजको कम्युटर सेगमेन्टको...
बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित भारतीय बजारमा लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...