बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चितवन–ट्रायम्फ नेपालले चर्चित नेपाली ब्याण्ड नेपथ्यको क्याम्पा चौरमा भएको लाइभ कन्सर्टको क्रममा चितवनमा आफ्नो नयाँ शोरूमको औपचारिक शुभारम्भ गरेको छ । यस उद्घाटनलाई ट्रायम्फ ब्रान्डको देशव्यापी विस्तारको यात्रामा एक महत्वपूर्ण माइलस्टोनको रूपमा मानिएको छ ।
नयाँ शोरूम पूर्ण थ्रीएस सुविधा (सेल्स, सर्भिस र स्पेयर) सहित, ट्रायम्फको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको र तालिमप्राप्त प्राविधिक तथा कर्मचारीहरूको नेतृत्वमा सञ्चालनमा आएको हो ।
सो नयाँ शोरुमबाट ग्राहकले ट्रायम्फ मोटरसाइकलका नयाँ मोडेलहरू, बिक्रीपछिको उत्कृष्ट सेवा र स्पेयर पाट्र्स सहज रूपमा प्राप्त गर्न सकिने ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासन्द एण्ड कम्पनीले जनाएको छ । यसले चितवन र वरिपरिका क्षेत्रका राइडरहरूलाई विश्वसनीय सुविधा र प्रत्यक्ष अनुभव प्रदान गर्ने विश्वास लिइएको छ ।

शोरूम उद्घाटनको अवसरमा ट्रायम्फ नेपालले चितवन शोरूमदेखि कन्सर्ट स्थल क्याम्पा चौरसम्म छोटो राइड पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी ट्रायम्फ राइडरहरूले निःशुल्क प्रवेश पास तथा विशेष पार्किङ सुविधा पाएका थिए । यस पहलले राइडरहरूको सक्रिय सहभागितामा केन्द्रित ट्रायम्फको दृष्टिकोणलाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनी भनाई छ ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका अनुसार, चितवन शोरूमको उद्घाटनसँगै ट्रायम्फ नेपालले देशभर प्रिमियम मोटरसाइकल अनुभव पुर्याउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ, जसले राइडरहरूलाई देशभर जहाँ जहाँ यात्रा गरे पनि विश्वस्तरीय उत्पादन र सेवा अनुभव सुनिश्चित गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...