राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प गर्दै ट्रायम्फ नेपाल

काठमाडौं - गोल्छा ग्रुप अन्तर्गतको ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यही वैशाख २७ गतेदेखि जेठ १ गतेसम्म एक हप्ता राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ ।

उक्त क्याम्पमार्फत जुनसुकै ब्रान्डको मोटरसाइकल चलाइरहेका राइडरहरूले सहज रुपमा एक्सचेन्ज प्रक्रियामार्फत ट्रायम्फ मोटरसाइकलको अनुभव गर्ने अवसर पाउनेछन्। स्थानीय राइडिङ समुदायसँग अझ नजिकिन तथा कार्यक्रमलाई आत्मीय वातावरणमा आयोजना गर्न ट्रायम्फले विभिन्न शहरमा विशेष स्थान चयन गरेको छ । यस अनुुसार इटहरीमा ह्याङआउट क्याफे, बुटवलमा एल्डोराडो एभेन्यु, पोखरामा लाकुसा क्याफे र भक्तपुरमा गठ्ठाघर कम्प्लेक्स, गठ्ठाघरमा सो क्याम्प हुनेछ ।

यस एक्सचेन्ज क्याम्पमा सहभागी राइडरहरूका लागि विशेषा सुविधाहरु पनि उपलब्ध गराइनेछ । बजारको उत्कृष्ट मूल्याङ्कन उपलब्ध हुनेछ र यस अनुसार हाल प्रयोग भइरहेको मोटरसाइकलको उचित बजार मूल्याङ्कनसँगै ट्रायम्फले थप १५ हजार रुपैयाँसम्म अतिरिक्त मूल्य प्रदान गर्नेछ।

सहज फाइनान्स सुविधाको रुपमा हुलास अटो फाइनान्स मार्फत न्यूनतम ४० प्रतिशत डाउन पेमेन्टमा नयाँ बाइक खरिद गर्न सकिनेछ । त्यसैगरी तुरुन्त एक्सचेन्ज सेवा उपलब्ध हुनेछ र झन्झटिलो कागजी प्रक्रिया बिना पुरानो बाइक ल्याएर सोही दिन नयाँ ट्रायम्फ लिएर फर्किन सकिने सुविधा पनि प्रदान गरिने छ ।

थप सुविधाको रुपमा प्रत्येक खरिदमा प्रिमियम हेल्मेट, ट्यांक प्याड र डकुमेन्ट ब्याग निःशुल्क उपलब्ध गराइनेछ ।

ट्रायम्फको नयाँ ४०० सीसी सिरिज स्पिड ४००, स्क्रयाम्बर ४०० एक्स तथा स्क्रयाम्बर ४०० एक्ससीको प्रत्यक्ष टेस्ट राइड गर्ने अवसर पाउनुका साथै सहभागीहरूका लागि निःशुल्क पेय पदार्थको व्यवस्था पनि गरिने छ ।

ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले भने, “हामीले यस कार्यक्रमलाई केवल बाइक एक्सचेन्जमा सीमित नराखी, राइडर समुदायसँग जोडिने अवसरको रूपमा लिएका छौं । एक्सचेन्ज गर्ने योजना होस् वा केवल ट्रायम्फ स्पिड ४००, स्क्रयाम्बर ४०० एक्स, वा स्क्रयाम्बर ४०० एक्ससीको टेस्ट राइड अनुभव लिन चाहनुहुन्छ भने पनि हामी सम्पूर्ण राइडर समुदायलाई स्वागत गर्न उत्साहित छौं।”

सम्बन्धित समाचारहरू

५ हजार भारुसम्म महंगो भयो ट्रायम्फ मोटरसाइकल

५ हजार भारुसम्म महंगो भयो ट्रायम्फ मोटरसाइकल

ट्रायम्फले हालसालै लन्च गरेको आफ्ना ३५० सीसी मोडलमा मूल्य बृद्धि गरेको छ ।...

साहसिक यात्रा र आत्मीयताको उत्सव : ट्रायम्फ नेपालको ‘एपेक्स राइड’ सफलतापूर्वक सम्पन्न

साहसिक यात्रा र आत्मीयताको उत्सव : ट्रायम्फ नेपालको ‘एपेक्स राइड’ सफलतापूर्वक सम्पन्न

काठमाडौँ– ट्रायम्फ नेपालले ‘विश्व मोटरसाइकल दिवस’ को विशेष अवसर पारेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...